• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो ★   १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति दिन निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाको निर्देशन ★   एमाले सुनसरीका अध्यक्ष निलमको निधन ★   सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार ★   गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति ★   मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै ★   प्रतिनिधिसभा बैठक बस्दै, के छन् आजको कार्यसूची ? ★   गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्या भएको १९ वर्ष पूरा, हत्यारालाई कारबाही भएन, आमा गंगामायाको सत्याग्रह जारी ★   मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने ! ★   मधेशमा नयाँ सरकार गठन गर्न आह्वान, शुक्रबारसम्मकाे समयसीमा

एमालेको जनाधार देखेर गठबन्धनका नेताहरु रद्यै हिडेका छन्: उपाध्यक्ष पौडेल



कपिलवस्तु । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन रुदै हिडेको बताउनु भएको छ । नेकपा (एमाले) बाणगंगा निर्वाचन परिचालन कमिटीद्वारा बनगाईमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमालेको जनाधार देखेर गठबन्धनका नेताहरू तिलमिलाएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘जनाधार भएको एमालेले देशब्यापी रुपमा महानगरपालिका, उपमहानगरपालिका र पालिकाहरुमा शानदार विजय हासिल गर्छ ।’

उहाँले बुटवलदेखि गोरुसिंगेसम्मको ५० किमि आधुनिक सडक निर्माणका लागि एसियाली विकास बैंकसँगको समन्वयमा डिपिआरको काम सम्पन्न भएको र केही समयमै विश्व बैंकको सहयोगमा टेन्डर आह्वान हुने बताउनुभएको छ ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले आफु अर्थमन्त्री हुँदा सो सडकको अगुवाई गरेको जानकारी गराउनुभयो । नेता पौडेलले सुकुम्बासी समस्या, अब्यवस्थित बसोवासीको समस्या एमालेको नेतृत्वमा बन्ने सरकारले मात्र स्थायी रुपमा समाधान गर्ने दावी गर्नु भयो ।

नेता पौडेलले नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सचिवालय सदस्य एवम् अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य डा। धर्मराज भट्टराईसहितका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने १०१ जनालाई स्वागत गर्नुभयो ।

नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणि अर्यालले सातवटा गाविस मिलेर निकै कमजोर भौतिक पूर्वाधारको अवस्थामा नगरपालिका बनेको चर्चा गर्दै पाँचवर्षको अवधिमा आफुहरुबाट दुईसय किमिभन्दा बढी सडक कालो पत्रे, तीन सय किमिभन्दा वढी ग्रावेल, विद्यालय भवन निर्माण, स्वास्थ्य चौकीका भवन निर्माणको काम भएको बताउनुभयो ।