२५ भाद्र २०८३, बिहीबार
,
Latest
ईसीबीले मध्यपूर्व इन्धन आपूर्तिबाट निम्तिएको आर्थिक झट्का सामना गर्न ऋण लागत बढायो अल्जेरियाले युएईसँग कूटनीतिक सम्बन्ध तोड्यो चीनमा कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु : चिनिया सञ्चारमाध्यम राहत कोषमा रकम जम्मा हुने क्रम जारी अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन हदबन्दीका कारण घरजग्गा व्यवसाय संकटमा नवनियुक्त उद्योगमन्त्री दीपक साह करार कर्मचारीको प्रोत्साहन भत्ता व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य तोलाको रु ९९ हजार २००



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोलामा रु ६०० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला रु ९९ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ३७५ मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।