२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

पूर्वाधार अभावमा स्वास्थ्य सेवा प्रभावित

पूर्वाधार अभावमा स्वास्थ्य सेवा प्रभावित
अ अ+ अ-

म्याग्दी । पूर्वाधार अभावमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा रहेको स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ । पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गर्न समस्या भएको हो । स्वास्थ्यचौकीका अहेव लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताउनुभयो ।

“चार वर्षअघि सुरु भएको भवन निर्माण अझै सकिएको छैन”, उहाँले भन्नुभयो, “बर्खामा पानी चुहिने जीर्ण भवनमा दुःखकष्टका साथ सेवा दिएका छौँ”, कच्ची भवनका कोठा साँघुरा छन् । करिब २५० घरधुरीले सेवा लिने स्वास्थ्यचौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ । 

प्रसूति गराउने, बिरामीको स्वास्थ्य परीक्षण र घाउ, चोटपटक सफा गर्ने ठाउँ साँघुरो छ । सिङ्गो स्वास्थ्यचौकी तीनवटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको अहेव गौतमले बताउनुभयो । एक कोठामा प्रशासन र बिरामीको उपचार गर्ने कक्ष राखिएको छ भने एक कोठामा औषधि भण्डारण र अर्कोमा प्रसूतिकक्ष राखिएको छ । 

दैनिक १० जना सेवाग्राही आउने गर्छन् । विभिन्न तहका छ जनाको दरबन्दी भएको स्वास्थ्यचौकीमा हाल कार्यरत तीन जनामध्ये एक जना मासिकाबाहेक अरु दुई जना करारका हुन् । चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्यचौकीको भवनले पूर्णता नपाउँदा अलपत्र परेको छ । दुईतले १४ कोठे भवन १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित वल्र्डवाइड मालिका भगवती जेभीले रु एक करोड ७४ लाखमा ठेक्का लिएको थियो । 

भवन छाउने, रङरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबारलगायत काम बाँकी छ । स्थानीय भीम छन्त्यालले सम्बन्धित कार्यालय, निर्माण व्यवसायी र सरोकारवालाको बेवास्ताका कारण भवन निर्माणमा ढिलाइ गरेका बताउनुभयो । स्थानीय सहायक ठेकेदारहरूले अधकल्चो बनाएर करिब एक वर्ष रोकिएको भवन निर्माणकार्य आगामी चैतभित्र सम्पन्न गर्ने निर्माण व्यवसायी गोपाल भट्टचनले प्रतिबद्धता जनाउनुभयो ।