२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीका होटलमा अफर

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीका होटलमा अफर
अ अ+ अ-

लुम्बिनी । कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास र खानामा विभिन्न छुटको व्यवस्था गरेको लुम्बिनी होटल एशोसिएशनले जानकारी दिएको छ ।

होटल एशोसिएशनले छुट अफर सार्वजनिक गर्दै पर्यटकलाई लुम्बिनी आउन निमन्त्रणा गरेका छन् । कोभिडका कारण कमजोर अवस्थामा पुगेको व्यापारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर गरिएको हो । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।

लुम्बिनी होटल एशोसियशनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको हो ।”

अध्यक्ष श्रेष्ठका अनुसार होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्नेमा विश्वास छ । यो अफरपछि लुम्बिनीमा केही पर्यटक आउने क्रम पनि जारी रहेको देखिन्छ । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताउने गरेका छन् ।

लुम्बिनी क्षेत्रका साथसाथै भैरहवा क्षेत्रका होटलले पनि भारी अफरको व्यवस्था गरेको सिद्धार्थ होटल एशोएियशनले जानकारी दिएको छ । चाडपर्व लक्षित दशैँ–तिहारलाई मध्यनजर गरेर घुम्न आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरिएको होटल एशोसिएशनले जनाएको छ । सिद्धार्थ होटल एशोएिशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आवास २५ देखि ५० प्रतिशतसम्म छुट र खानामा समेत परिकार हेरेर छुटको व्यवस्था गरेको राससलाई बताउनुभयो ।

पर्यटक तथा व्यापारी र स्थानीय कार्यक्रमलाई मध्यनजर गरेर गरिएको अफरमा अवस्था हेरेर विशेष छुट होटलले गरेका छन् । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “पर्यटन व्यवसायलाई जीवित राख्नका लागि सरकारले पनि सहुलियतमा विद्युत् तथा बैंक ब्याजमा सहयोग पु¥याउनु पर्दछ । सीमानाका बन्दका कारण भारतीय तथा तेस्रो मुलुकबाट पर्यटक आउन छाडेपछि आन्तरिक पर्यटकलाई मध्यनजर गरेर अफरका कार्यक्रम ल्याएको हो ।”

नेपाल–भारत सीमानाका बन्द हुँदा यस क्षेत्रमा सबैभन्दा बढी मार पर्यटन व्यवसायी परेका छन् । दैनिक सयौँ भारतीय ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका छन् । तर पर्यटकलाई भने नेपालमा प्रवेश निषेध गरिएको छ । यसले गर्दा व्यवसायी मारमा परेको पर्यटन व्यवसायीको गुनासो रहेको छ । बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटकसमेत लुम्बिनी क्षेत्रमा आउँदा सुरक्षाकर्मीबाट सोधपुछ र जाँच गर्दासमेत पर्यटन व्यवसायीलाई समस्या परेको देखिन्छ । यसलाई मध्यनजर गरेर कोभिडविरुद्ध खोप लगाएका तथा पिसिआर जाँच गरेका पर्यटकलाई होटलमा आवतजावत व्यवस्था गर्ने होटल व्यवसायीले बताएका छन् । व्यवसायीले लुम्बिनी क्षेत्र पर्यटकलाई घुम्नका लागि समेत कुनै बाधा नपु¥याउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।