११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ: अध्यक्ष दाहाल समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुन्छः सभापति पोखरेल नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ–फोटोफिचर नेप्से परिसूचक दुई अङ्कले बढ्यो डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप स्टन्ट गरेर, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउन योजना अनुरूप काम गर्नुपर्छः सुनिता डङ्गोल पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा काठमाडौँ टावरमा केही व्यक्तिहरुको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको छ परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय नपाए गोरखामात्र होईन काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने सिर्जनाको सपना



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी सिर्जना सिंह बिहिबार आफ्नो माईति जिल्ला व्यक्तिहरु संग आफनो एजेण्डा साट्दै हुनुहुन्थो । घरदैलाे  कार्यक्रमको हतारो बिच माईति जिल्लाले गरेको कार्यक्रममा आउनु भएकी सिर्जनालाई गोरखाका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनए ।

गोरखा–काठमाडौं चुनाव प्रचारप्रसार समूहले आयोजना गरेको कार्यक्रममा जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेतृ कमला पन्त, चिरञ्जीवी वाग्ले , जीबनप्रेम श्रेष्ठले उहाँलाई हौसला दिनुभयो ।न्याय नपाए गोरखा जानू भन्ने कथन अब गोरखाकी चेली सिर्जना सिंहले फेर्ने उहाँहरुको बुझाई थियो ।

उहाँहरुले भन्नुभयो ‘न्याय नपाए गोरखा जानू भनेर पढियो अब गोरखाकी चेली सिर्जना सिंह काठमाडौंमा मेयर बनेर न्याय दिनुहुन्छ । कार्यक्रममा जसपा नेता डाभट्टराईले भन्नुभयो हामी गठबन्धनमात्रै नभएर गोरखाको चेली समेत भएकोले सालिन व्यक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन,।’

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सिंह गोरखाको राजनीतिकर्मी भएको कारण गणेशमान सिंहको परिवारसँग नाता जोडिएको बताउँदै उहाँको उम्मेदवारबारे गलत प्रचार नगर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उम्मेदवार सिंहले माइती जिल्ला गोरखाबाटै आफूले राजनीतिक यात्रा सुरु गरेको स्मरण देशको एकीकरण गोरखाले गरेको उल्लेख गर्दै उनले अब काठमाडौंको मेयर बनेर गोरखाकी चेलीले काठमाडौं सफा, सुन्दर र व्यवस्थित गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘पहिले न्याय नपाए गोरखा जानू भन्ने प्रचलन रहेको बताउँदै उनले अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउछु ।’

उहाँले काठमाडौं महानगरपालीका र गोरखाका बिभिन्न नगरपालीका बिच भगनी सम्बन्ध कायम गराउने उल्लेख गर्दे उहाँले भन्नुभयो गोरखाको नाम जसरी उचो छ त्यसै गरी काठमाडौको शिर बिश्वका उचो बनाउने गरी काम गर्छु ।