१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वराज पोखरेलको रिटमा अन्तरिम आदेश भएन



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्तिको विषयमा अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पोखरेलले आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा भएको बहसपछि अदालतले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश मात्र जारी गरेको छ ।

अदालतको यो आदेशसँगै आईजीपी नियुक्त भएका धीरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।