२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान



symbolic picture
अ+ अ-

काठमाडौँ । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८/७९ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअनुसार कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६।९ प्रतिशत हुने अनुमान छ ।

गत आवमा राष्ट्रिय तहमा कूल गार्हस्थ्य उत्पादनको ३६।७ प्रतिशत हिस्सा ओगटेको थियो । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु ४८ खर्ब ५२ अर्ब हुने विभागको प्रक्षेपण छ । बागमती प्रदेशको कूल गार्हस्थय उत्पादन उपभोक्ता मूल्यमा करिब रु १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ ।

कूल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४।१ प्रतिशत छ । कर्णालीको उपभोक्ताको मूल्यमा रु एक खर्ब ९८ अर्बको हाराहारी हुने अनुमान गरिएको छ । चालु आवमा बागमतीपछि कूल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशमा क्रमशः प्रदेश १, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् ।

कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५।८ प्रतिशत अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६।७ प्रतिशत र मधेस प्रदेशको वृद्धिदर सबैभन्दा कम ४।८ प्रतिशत रहने अनुमान गरिएको छ । संशोधित अनुमानअनुसार गत आवमा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४।६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा म ३।७ प्रतिशत रहेको थियो ।

औद्योगिक वर्गीकरणअनुसार गत आव र चालु आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढी देखिन्छ । प्रदेशमा बढ्दो शहरीकरण, बढी जनसंख्या तथा राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारका कारण व्यापार क्षेत्रको योगदान बढी देखिएको विभागले जनाएको छ ।

राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामा कायमै छ । बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ । गण्डकी, कर्णाली, सुदूरपश्चिममा सार्वजनिक प्रशासन, सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिन्छ । बागमती र मधेसबाहेक सबै प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।

चालु आवको नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा अनुमानित तथ्याङ्क सार्वजनिक गरिएको विभागले जनाएको छ । अनुमानित तथ्याङ्कअनुसार सबै प्रदेशको आर्थिक क्रियाकलाप कोभिड–१९ महामारी सङ्क्रमणपश्चात सामान्य अवस्थातर्फ फर्कन खोजेको विभागको निष्कर्ष छ । रासस