• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

च्याम्पियन्स लिगः सिटीलाई हराउँदै रियल फाइनलमा, उपाधिका लागि लिभरपुलसंग भिड्ने



काठमाडौं । म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीलाई हराउँदै रियल उपाधि नजिक पुगेको हो । सिटीको लागि खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गरेका थिए भने रियललाई बराबरीमा उतार्न ९० औं मिनेटमा रोड्रिगोले गोल गरेका थिए ।

त्यस्तै रोड्रिगोको दोस्रो गोलमा रियलले २-१ को अग्रता लिन सफल भयो ।

त्यसपछि खेल अतिरिक्त समयमा गएपछि ९५ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३-१ को जित दिलाउँदै रियललाई फाइनल पुर्राएउन सफल भए । अब हुने फईनलको खेल मे २९ मा हुनेछ । जसमा रियलले उपाधिका लागि लिभरपुलविरुद्ध मैदानमा उत्रन पर्नेछ ।