२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।

उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि आकाश बादलले ढाकेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस छ ।