२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीको भेट



अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्वाचन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको भेटवार्तामा सो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई आफ्नो मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्नु आयोगलाई आग्रह गर्नुभयो ।

सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गत चैत निर्वाचन आचारसंहिता लागू भई तयारीका कार्य भइरहेकाबारे अवगत गराउनुभएको थियो । रासस