५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको होः प्रधानमन्त्री देउवा

राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको होः प्रधानमन्त्री देउवा
अ+ अ-

मोरङ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताउनुभएको छ । ‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा आज यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गर्नुभयो ।

सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट पार्नुभयो । अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै उहाँले प्रजातन्त्रको फल गाउँ तहसम्म पु¥याउन गठबन्धन बनेको धारणा राख्नुभयो ।

उहाँले नेपाली कांग्रेसले धोखा खाए पनि कसैलाई पनि धोखा नदिने प्रतिबद्धता व्यक्त गर्दै विराट राजाको दरबार भएको ठाउँमा पुरातात्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने भन्दै सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक रु पाँच हजार भत्ता दिएको जानकारी दिनुभयो । स्थानीय तहलाई सम्पूर्ण अधिकार दिने भन्दै प्रधानमन्त्री देउवाले पहाड र मधेश मिलेर देश निर्माण गर्ने सङ्कल्प लिएको चर्चा गर्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सरकारले शिक्षा, स्वास्थ्यमा विशेष जोड दिएको चर्चा गर्दै महानगरपालिकामा गबन्धनका उम्मेदवारले जितेमा सहरको विकास र जनताको जीवनस्तर उकास्ने काम गर्ने योजना रहेका बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिले स्थानीय तहको निर्वाचनको सरकारलाई खासै असर नगरे पनि कालान्तरमा हुने प्रदेश र सङ्घको निर्वाचनमा धेरै ठूलो असर गर्ने धारणा राख्नुभयो । उहाँले सङ्घ र प्रदेशको निर्वाचनमा सफलता हासिल गर्नका लागि पनि अहिले स्थानीय तहमा कार्यकर्ताहरूले मेहेनतका साथ आफ्ना उम्मेदवार जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइराला र उपप्रमुखका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले यो निर्वाचनमा सफलता हासिल भएमा नगरको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँहरूले धन आर्जनका लागि नभई जनताका सेवा तथा नगरको विकास गर्न उम्मेदवारी दिएको र हाम्रो सङ्कल्पमा कुनै पनि नागरिकले शङ्का नगरी मत दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा डिला सङ्ग्रौला, भीम पराजुलीलगायतका नेताहरूले कांग्रेसको गठबन्धनमा रहेका पार्टी उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।