५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

धनगढी, डोटी, बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्ने द्रुतमार्ग निर्माण गछौँ : मन्त्री आले

धनगढी, डोटी, बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्ने द्रुतमार्ग निर्माण गछौँ : मन्त्री आले
file photo
अ+ अ-

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात दु्रतमार्ग निर्माण गरिने बताउनुभएको छ ।

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल स्तरोन्नतिका साथै धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्ने सडकको पूर्वाधार निर्माण तथा स्थानीयवासीसँग सुझाव सङ्कलनका लागि डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुग्नुभएका मन्त्री आलेले यहाँका स्थानीयवासीसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म जोड्न आफूले द्रुतमार्ग निर्माणका लागि पहल सुरु गरेको छु, सो सडक निर्माण हुनेछ ।”

मन्त्री आलेले विगतका सयममा सुदूरपश्चिममा विकासका काम पनि कमि हुने गरेका र बजेट पनि कम आउने भएकाले आफू मन्त्री भएपछि अहिले यहाँ बाँकी रहेका सबै विकासका काम सबै पूरा गरेर देखाउने दाबी गर्नुभयो ।

यसैगरी मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक जोडिए चीनका पर्यटक पनि सुदूरपश्चिम आउन सहज हुने र भारतका पर्यटक पनि आउने भएकाले पर्यटक यहाँ भित्र्याउन सके यहाँको विकासमा सहज हुने जिकिर गर्नुभयो ।

यहाँका नागरिकसँगको छलफलका क्रममा मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक अर्थात दु्रतमार्ग निर्माणका लागि आफूले एशियाली विकास बैंक (एडिबी) सँग पहल सुरु गरेकाले उक्त सडक निर्माण हुनेमा कुनै शङ्का नरहेकोसमेत जानकारी दिनुभयो । गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विकास गर्नका लागि आफूले यसअघि रु एक अर्ब बजेट विनियोजन गरिसकेको र अबको बजेटमासमेत थप रकम आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गेटा विमानस्थलको स्तरोन्नति तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मैले केही महिना पहिले रु एक अर्ब बजेट विनियोजन गरेको छु, अब थप बजेट आउछ, विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिस्तरको बन्छ ।”

उक्त छलफलका क्रममा यहाँका नागरिकले मन्त्री आलेलाई कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्ने सडक निर्माण भए सुदूरपश्चिमको विकासमा ठूलो सघाउ पुग्ने बताएका थिए । सुदूरपश्चिमका विभिन्न गाउँमा सडक निर्माण भएका भए पनि ती सडकको स्तरोन्नति नहुँदा सडक सञ्चालनमा समस्या भएको बताइयो ।

उहाँले भन्नुभयो, “मन्त्री आलेले धनगढीदेखि चीन जोड्ने दु्रत मार्ग निर्माणका लागि राय सुझाव माग्नुभएको छ, उक्त काम स्वागतयोग्य छ, हाम्रा गाउँमा निर्माण भएका सडकको पनि स्तरोन्नतिसहित सुधार होस् ।”

उक्त दु्रतमार्ग निर्माणका लागि केही समय पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा टोकराज पाण्डेको संयोजगत्वमा एक समिति गठन भएको थियो ।

रायसुझाव सङ्कलनका लागि मन्त्रालयका सहसचिव डा. पाण्डे सहितको टोली हाल डोटी पुगेको हो । टोलीले अहिले उक्त दु्रतमार्ग निर्माण गरिने क्षेत्रका नागरिकसँग सुझाव सङ्कलन गरिरहेको छ । रासस