• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्नु गलत:राष्ट्रिय मानव अधिकार आयोग (भिडियोसहित)



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाउनुभएको छ । बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताउनुभयो ।

उहाँले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभयो । महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले आइजिपिको नियुक्ती जुन सरकारले गरेको छ । त्यो नियुक्ति भनेको राज्यशक्ति, अहिले राज्यको तहमा बस्ने प्रधानमन्त्री, गृहमन्त्री वा सरकारले आइजिपी माथि जुन आरोप लागेको छ । मानव अधिकार उल्लंघनकर्ताको रुपमा उनीमाथि आरोप लागेको छ ।

कुनै बेला कुवेरसिंह राणामाथि आरोप लागेको थियो २०६५ सालमा । र त्यसबेला आयोगका तत्कालिन अध्यक्ष केदारनाथ उपाध्यायको नेतृत्वको आयोगले सरकारलाई सतर्क गराएको थियो । जागरुक गराएको थियो । सिफारिस पनि गरेको थियो । लगभग अहिले हामी अनुसन्धान गर्दैछौँ । फाइलहरु हेरिरहेका छौँ । र यहाँहरुलाई पनि आग्रह के गर्न चाहान्छु भने यो पनि एक किसिमको राज्यको सत्ताको दुरुपयोग भयो । यो बेलामा टप लेभलका सुरक्षा निकायका प्रमुख बनाउँदाखेरी केही न केही गम्भिर मानव अधिकारको प्रश्न पनि हो । यहाँहरु सबैले त्यसमा अरु थप अनुसन्धान गर्न म आव्हान पनि गर्छु ।’

उहाँले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आव्हान गर्नुभयो ।