१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.88

Wind: 5.66

Humidity: 43

तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारलाई जिताउनु होला: प्रम देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवालले कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “गठबन्धनलाई जिताउनुभयो भने विकास हुन्छ ।”

उहाँले उम्मेदवार छनोट गर्दा न्याय नभएको भए पछि छलफल गर्ने भन्दै अहिले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तह नभई स्थानीय सरकार भएको उल्लेख गर्दै जनतालाई आफ्नो अधिकार आफैँ प्रयोग गर्न सक्ने बनाउनु पर्ने बताउनुभयो ।