२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंबाट तीर्थ यात्रु बोकेर भारत जाँदै गरेको बस र सिन्धुलीबाट काठमडौंतर्फ आइरहेको टाटा सुमो ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिबहादुर बल रहेका छन् ।

यस्तै, दुर्घटनामा घाइते भएका १९ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको छ ।