५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यादी हुँ भन्दै सामाजिक संजालमा भाईरल बनेका युवक पक्राउ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने १६ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीय नवराज रेग्मी कपिलवस्तु बाणगंगा नगरपालिका–४ का हुन् ।

केहि दिन अघि म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएका १६ वर्षीय नवराज रेग्मी यतिबेला फेसबुक, टिकटक, युट्युब सबैतिर भाईरल भएका थिए । प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भिडियोमा उनले आफू म्यादी प्रहरी भएको र भिडियोमा उनले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

केहि दिनअघि भाईरल भएको उनको भिडियो: