५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट लिनुस्”

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट लिनुस्”
अ+ अ-

जनकपुर । सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।’

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहरबस्ती पुग्ने उम्मेदवारले स्थानीय मतदाताको यो जवाफ सुनेपछि केही छिन अलमल्ल पर्ने गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगारपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा अवस्थित ४० घरपरिवारका बस्तीमा सुरक्षित बास र शौचालयको समस्या छ ।

एकातिर निजी जग्गा नहुँदा पूरै बस्ती नै ऐलानी जग्गामा बसोबास गरिरहेका छन् भने अधिकांशको घरमा अझै शौचालयको समस्या रहेको स्थानीयवासीको भनाइ छ । दैनिक मजदूरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका सो बस्तीका मतदाताले बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छाँंै भन्दै आएको छ । आर्थिक आभावका कारण फुसको छाप्रोमा जेनतेन जीवन गुजारा चलाउँदै आएका स्थानीयवासी फुलकुमारी सदाले सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा आफू पुगेको बताउनुभयो ।

‘‘सधैँभरी मजदूरी गरेर परिवार पाल्दै आएका छौं”, उहाँले भन्नुभयो, “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो, अरुबेला उहाँहरुको अनुहारै देख्न पाईंदैन, यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।” स्थानीयवासी ५० वर्षीय झौला सदायले पनि घर र शौचालय बनाइ दिने उम्मेदवारलाई मात्र मत दिने बताउनुभयो । “वर्षौंदेखि हामीले भोट हालेर माननीय मन्त्री बनाएकै छौं, तर जितेर गएपछि नेता पुनः आफूहरुको समस्या बुझ्नै आउँदैन्”, उहाँले भन्नुभयो, ‘‘त्यसैले यही बेलामा नेताहरुसँग केही कुरा माग्ने हो ।”

पटक–पटकको निर्वाचनमा हामीले मत दिएर थुप्रै नेतालाई जितायौँ, तर हाम्रो अवस्थामा भने केही सुधार आएन् उहाँले भन्नुभयो, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मात्र मत दिन्छौँ ।” करिब पाँच वर्षपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालीको चुनावमा उहाँहरु सुरक्षित आवास र शौचालय खोजेका हुन् ।

माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुुप्रा घर भएको उक्त बस्तीमा मत माग्न आउने उम्मेदवारले आफूहरु निर्वाचित भएपछि माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउने गरेको स्थानीयवासीले बताएका छन् । ‘‘हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ, यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौंँ भन्ने विभिन्न उम्मेदवारले प्रतिबद्धता जनाइरहेका छन्”, स्थानीयवासी तारादेवी सदाले भन्नुभयो, ‘‘यस्तो प्रतिबद्धता थुप्रै पाए तर चुनाबपछि त्यो प्रतिबद्धता पूरा भएन्, यसपाली विश्वासिलो नेतालाई मात्र मत दिन्छु ।”

स्थानीयवास िरामबत्ती सदायले आर्थिक अभावकै कारण एउटा राम्रो घर बनाउन नसकिएको बताउँदै मन नभएर घर नबनाएको होइन्, कमाइले खानलाउनै पुग्दैन, कसरी घर र शौचालय बनाउने हो भनी प्रश्न गर्नुभयो । उहाँले हाम्रो घर र शौचालय बनाइदिने विश्वासिलो प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौं ।” पहिला पहिलाको चुनावमा नेताहरुले पैसा बाँडेर मत किनेर जित्ने गरेका थिए, तर अब हामी यस्तो हुन दिदैनौं, यसका लागि हामी एक भएका छौँ, स्थानीयवासी जीतन सदाको भनाइ छ ।

वर्षौंदेखि ऐलानी जमिनमा बस्दै आएको यहाँका मुसहर बस्तीका कसैको नाममा पनि जमिन दर्ता भएको छैन । कूल आठ नगरपालिका र ९ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको सिरहामा चार लाख १४ हजार १६६ मतदाता रहेका छन् । जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । रासस