१४ भाद्र २०८३, आईतवार
,
Latest
चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले दियो भ्रातृ एवं शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको आसपासमा महाधिवेशन गर्ने तयारीमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय निर्वाचनका क्रममा पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भएकाले भ्रातृ एवं शुभेच्छुक संस्थाका पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको उल्लेख छ ।

पार्टीको सो निर्देशनले पार्टी मातहतका नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन प्रभावित हुने बताइएको छ ।