२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले दियो भ्रातृ एवं शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको आसपासमा महाधिवेशन गर्ने तयारीमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय निर्वाचनका क्रममा पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भएकाले भ्रातृ एवं शुभेच्छुक संस्थाका पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको उल्लेख छ ।

पार्टीको सो निर्देशनले पार्टी मातहतका नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन प्रभावित हुने बताइएको छ ।