६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही



अ+ अ-

बागमती । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि मकवानपुरमा कारबाही प्रक्रिया अगाडि बढाएको छ । हेटौँडाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको लिखत उजुरी परेपछि कारबाही सुरु गरिएकोे जनाइएको छ ।

निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार गर्नेमा निजामती कर्मचारी, शिक्षक, सांसद र मन्त्रीसमेत रहेको बताइएको छ । आचारसंहिता विपरीत जानेलाई लिखितरुपमा स्पष्टीकरण माग गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी सागर शर्माले हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी तथा सार्वजनिक पद धारण गर्ने सांसद र मत्रीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको र सामाजिक सञ्जालमा भोट माग्ने प्रचार गरेको देखिएको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको जानकारी दिनुभयो ।

उनीहरुको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारबाहीका लागि पठाइने उहाँले जानकारी दिनुभयो । आचारसंहिता विपरीत काम गर्ने कर्मचारीलाई निर्वाचनमा नखटाइने उहाँले बताउनुभयो । यसै सम्बन्धमा निर्वाचन आचारसंहिता पालना गर्नका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आह्वानमा सोमबार सर्वपक्षीय बैठक बसेको थियो ।

बैठकमा सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षक तथा कर्मचारी र सार्वजनिक पद धारण गर्ने व्यक्तिले आचारसंहिताको बेवास्ता गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेकाले प्रमाणका आधारमा कारबाही गरिने उहाँले बताउनुभयो । रासस