५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई प्रमुख आयुक्त थपलियाको आग्रह



अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई पुनः आग्रह गर्नु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरित आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्यहरु निर्वाचन आचारसंहिता विपरितका भए त्यसले आम मतदाताहरुमा नकारात्मक असर पर्नेतर्फ पनि सञ्चार माध्यामहरुलाई सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘आचारसंहिता विपरित हुने दृष्यहरु नदेखाई हामीले दृष्य त खिचेका थियौं, समाचार मात्रै भन्यौं । किनभने निर्वाचन आचारसंहिता विपरितका दृष्यहरु हामीलाई देखाउन मन लागेन भन्दे पनि भयो । जे भन्दा पनि भयो । जे भन्दा राम्रो हुन्छ, त्यही भन्दा भयो । तर यसो भनिरहँदा आचारसंहिताको समाचार आईरहने अर्काेतिर आचारसंहिता विपरितका दृष्यहरु देखियो भने मान्छेहरुमा आचारसंहिता विपरित जाँदा टेलिभिजनमा आईदोरहेछ भन्ने फिलिङ भयो भने त्यो खतरा भयो । अव धेरै कष्ट सहनु परेन, दश दिन मात्रै बाँकि छ । यो १० दिन निर्वाचन आचारसंहिताका सबै बूँदाहरुलाई पालना गरेर यो मुलुकमा सबै निर्वाचनहरुलाई व्यवस्थित ढंगले संचालन गर्न सकिन्छ । यसले निर्वाचनको स्वच्छता र निष्पक्षताको ग्यारेन्टी गर्दछ भन्ने कुरामा ध्यान दिन म आग्रह गर्दछु ।’

निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिवद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नै नरहेको तर्क समेत गर्नु भयो ।

कार्यक्रममा सार्वजनिक गरिएको सामूदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।