५ श्रावण २०८३, मंगलवार
,
Latest
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको भरतपुरमा सत्ता गठबन्धनले संयुक्त सभा गर्ने



अ+ अ-

चितवन । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ ।

आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

भरतपुरको हाकिम चोकमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ ।

तीन पूर्व प्रधानमन्त्रीसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरुले पनि उक्त आमसभामा सम्बोधन गर्ने छन् ।

सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन् ।

यस्तै, नेकपा एमालेबाट प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई उम्मेदवार बनाएको छ भने पूर्वराष्ट्रियसभा सदस्य जगन्नाथ पौडेल नेपाली कांग्रेसबाट विद्रोह गरेर भुइँकटहर चुनाव चिन्ह लिएर मेयरमा उम्मेदवार छन् ।




भर्खरै