३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाष्ट ट्रयाकमा लोडर दुर्घटना:दुई चिनियाँ नागरिकको मृत्यु, चार घाइते



फोटो सौजन्य- कुमार पोखरेल
अ+ अ-

मकवानपुर ।मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौँ जोड्ने द्रुतमार्गअन्र्तगत मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना हुँदा दुईको घटनास्थलमा मृत्यु भएको बताइएको छ । मृतक दुई सो द्रुत मार्गमा काम गर्ने चिनियाँ नागरिक रहेको प्रवक्ता कार्कीले बताउनुभयो । घाइतेको उद्धार गरी हेटौँडा ल्याएको र उपचार भइरहेको बताइएको छ । मृतक र घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस




भर्खरै