४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको चन्दननाथ नगरपालिका बालविवाह रोकथामका लागि सक्रियता



अ+ अ-

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिका बालविवाह रोक्नका लागि सक्रियताका साथ लागेको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन थालेको छ ।

चन्दननाथ नगरपालिका– ९ का वडाध्यक्ष मीनबहादुर डाँगीले बालविवाह दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अब कानूनीरुपमा संयन्त्र निर्माण गरेर न्यूनीकरणमा सबै जुट्नुपर्ने बेला आएको छ । वडाध्यक्ष डाँगीले भन्नुभयो, “बालविवाह सामाजिक अपराध भएकाले अभिभावक सबैभन्दा बढी सचेत हुनुपर्छ ।” उमेर नपुग्दासम्म बिहेवारीको विषय उठान गर्न नहुने वडाध्यक्ष डाँगीले बताउनुभयो ।

नगरपालिकाले बालविवाह रोक्न सचेतनाका कार्यक्रम अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले बताउनुभयो । आगामी दिनमा हरेक योजना निर्माणमा बालबालिकाको प्रत्यक्ष सहभागिता गराएर बालविवाहका बारेमा जानकारी गराउने नगरपालिकाले जनाएको छ ।

जिल्लाको हकमा सबैभन्दा बढी बालविवाह चन्दननाथ नगरपालिकामा भएको देखिएको छ । नगरपालिकामा १९० वटा बालविवाह भएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

नगरभित्रका दशवटै वडाभित्रका बाल क्लबका पदाधिकारीलाई बालविवाह रोकथाम गर्नका लागि सचेतना फैलाउने कार्य चलिरहेको नगरपालिकाका महिला तथा बालबालिका शाखाले जनाएको छ ।