२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालका प्रवक्ता आचार्यको नजरमा मदनदास रोलमोडेल मेयर



अ+ अ-

काठमाडौं । एक अर्का बिरुद्ध सामाजिक सञ्जालमा पुराना कुरा कोट्याउदै कटाक्ष गरिहेका राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले काठमाडौ महानगरपालीको प्रमुखपदमा भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठलाई मत माग्नु भएको छ ।

सामाजिक संञ्जालमा श्रेष्ठको फोटो राख्दै आचार्यले लेख्नुभएको छ राजधानीबासीलाई मदनदास जस्तो असल र सरल मेयर आबश्यक छ बिबेक प्रयोग गरौ ।

आचार्यले लेख्नुभएको छ –

बिगतमा ३ दशक अघि प्रख्यात रेडियो नाटकका हस्ती हुनुहुन्थ्यो मदनदास श्रेष्ठ ! नयाँ पुस्ताका लागि यो नाम नौलो लाग्नसक्छ, तर युवाहरुको आकाँक्षा बुझेका मदनदास श्रेष्ठको सर्वप्रिय गुण हो- उहाँ एक असल र सरल व्यक्ति हुनुहुन्छ !

दूरगामी र दिगो विकासको सोँच राख्ने मदनदास जी सामाजिक रूपान्तरणका लागि काठमाडौ महानगरपालिकामा मेयर बन्न सके देशभरीकै मेयरहरुका लागि समेत ‘रोलमोडेल ‘हुनुहुने निश्चित छ ।

उहाँको हालैको एक टेलिभिजन अन्तरवार्तामा काठमाडौं महानगरवासीको आवश्यकता र आकाँक्षा उहाँले प्रष्ट रूपमा बुझ्नु भएको मात्र होइन, सुशासन, विकास र समृद्धीका आफ्ना योजनाहरु जनताले बुझ्ने भाषामा राख्नु भएको मलाई अनुभूति भयो । त्यतिमात्र नभई, अनुभवले निख्खारिएका मदनदास श्रेष्ठलाई मेयर भएपछि के काम गर्नु हुँदैन, त्यो जनआकाँक्षा विपरित हुन्छु भन्ने पनि प्रष्ट थाहा रहेछ ।

भ्रष्टाचाररहित का.म.न.पा बनाउने उहाँको मूल एजेण्डा रहेछ । प्रत्येक ६/६ महिनामा वार्डहरुमा, अझ टोल टोलमा सर्वसाधारणको खुला भेला (open meeting) गराएर टोल-टोलमै जनताबाटै योजना तर्जूमा (planning) गराउने र जनताबाटै योजना कार्यान्वयनको सार्वजनिक लेखापरीक्षण (public audit) गराउने उहाँको सोँचले सार्थकता पाएमा काठमाडौ महानगरपालिकाको कायकल्प हुन सक्छ ! तर मतदाताको सोँच के छ ? राजधानीबासीलाई मदनदास जस्तो असल र सरल मेयर चाहिएको हो कि ‘आइरन फिस्टेड’ (अरुको कुरा नसुन्ने बज्र जस्तो) मेयर चाहिएको हो, बैशाख ३० गतेले नै तय गर्ला !