५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्छ: पौडेल



अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताउनुभएको हो ।

नेता पौडेलले श्रमिकलाई तल्लो दर्जामा राख्ने कुसंस्कृति अन्त्य नभएको भन्दै श्रमिकलाई मर्यादा दिने सभ्यता अझै बसाउन नसकिएकोमा चिन्ता ब्यक्त गर्नुभयो । “श्रमको सम्मान गर्ने कामको थालनी नेपाली कांग्रेसको नेतृत्वमा भएको हो, श्रमलाई हेला गर्ने प्रवृत्तिको अन्त्य पनि कांग्रेसले नै गर्छ” उहाँले भन्नुभयो ।

समाजवादको लक्ष्य निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै पौडेलले कांग्रेसको मूल लक्ष्य त्यही भएको जिकिर गर्नुभयो । गाउँ–गाउँमा रोजगारी र आम्दानीलाई सार्थक बनाउन कांग्रेस नेतृत्वको सङ्घीय, प्रदेश र स्थानीय सरकार लागिपर्ने पौडेलको भनाई थियो । उहाँले भन्नुभयो, “विगतमा धेरै सरकार बने पनि श्रमिकको सम्मान हुन सकेन, निर्वाचनपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नै श्रमिकलाई सम्मानजनक रोजगारीको ग्यारेन्टी गर्नेछ ।”

नेता पौडेलले कांग्रेसले अन्य पार्टीसँग गरेको गठबन्धनलाई अन्यथा नलिन कार्यकर्तालाई आग्रह गर्नुभयो । कांग्रेससँग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको भन्दै उहाँले गठबन्धनले कांग्रेसलाई फाइदा पुग्ने दावी गर्नुभयो । “२३ सिटमा रहेको कांग्रेसलाई ९३ सिटमा पु¥याउन गठबन्धन गरिएको हो, यसले कांग्रेसलाई नै बलियो बनाउनेछ,” उहाँले भन्नुभयो ।

नेता पौडेलले सबैको सहयोग लिएर कांग्रेसलाई बहुमतमा पु¥याउन गठबन्धन गरिएको भन्दै संविधानको रक्षा र परिवर्तनलाई जोगाउन गठबन्धन आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । देशलाई स्थायित्वमा लैजान आवश्यक रहेको र त्यसको नेतृत्वले अहिले कांग्रेसले गरेको उहाँको भनाई थियो ।

“गठबन्धनको विरोध गर्नु भनेको प्रतिगमनलाई प्रश्रय दिनु हो, गठबन्धनको पक्षमा द्विविधामा रहन आवश्यक छैन, सबैले गठबन्धनलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार बैकुण्ठ न्यौपानेले श्रमिकका हकहितका लागि आफूले सङ्कल्प गरेको बताउनुभयो ।