३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर व्यवस्थापन र डुवानमुक्त सहर बनाउने बनेपाका प्रमुख पदका उम्मेदवारको प्राथमिकता



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बन्नुभएका पाँच दलीय सत्तागठबन्धनका तर्फबाट शान्ति रत्न शाक्य र नेकपा एमालेका तर्फबाट रत्नकुश रञ्जितकारले खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुखका उम्मेदवार शाक्यले आफू निर्वाचित भएपछि बनेपालाई व्यवस्थित सहरको रुपमा विकास गर्ने, बजार क्षेत्रको राजमार्ग सफा गर्ने र फोहरमैलाको उचित व्यवस्थापनको योजना अगाडि सार्ने बताउँदै खानेपानी र डुवानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बनेपालाई पर्यटन र कृषि सहरको रुपमा विकास गर्नेलगायतका विषयलाई समेटेर काम गर्ने बताउँदै उहाँले यो सहरलाई प्रविधिकयुक्त बनाइने, बनेपाका बाक्लो बस्तीमा निःशुल्क वाइफाइ सेवा पु¥याउने, पुरानो सम्पदाको संरक्षण र सडक व्यवस्थापनलाई प्रमुख प्राथमिकता राखेर काम गर्ने उल्लेख गर्नुभयो । उहाँले बनेपा नगरकोट पर्यटकीय सडकलाई विशेष प्राथमिकतामा राखिने उल्लेख गर्दै कृषि र पर्यटक क्षेत्रको पूर्वाधार विकासमा आफूले जोड दिइने बताउनुभयो ।

त्यस्तै नगरप्रमुख पदका अर्का उम्मेदवार रञ्जीतकारले चार महिनाभित्रमा खानेपानी समस्या समाधान गर्ने र छ महिनाभित्रमा फोहरमैला व्यवस्थापनअन्तर्गत घरबाट नै फोहर कम उत्पादन गर्ने खालको नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले डुवानमुक्त तथा धुलो, धुवाँ, हिलो र ध्वनी प्रदूषणमुक्त सहर बनाउने उल्लेख गर्दै आर्थिक रुपमा सबल र सक्षम सहरको रुपमा यसलाई विकास गर्ने योजना सुनाउनुभयो ।