२ पुष २०८२, बुधबार
,
Latest
दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार? जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमति भएका स्थानमा सूर्य चिह्नमा मतदान गर्न राप्रपा नेपालको आह्वान



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिह्न ‘तीर’ र नेकपा (एमाले) सँग चुनावी सहमति भएका स्थानमा ‘सूर्य’ चिह्नमा मतदान गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालयको बैठकले गत चैत ३० गते नेकपा (एमाले) सँग राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवार नभएका स्थानमा एमालेका उम्मेदवारलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमतिबमोजिम त्यस्तो आग्रह गरिएको जनाइएको छ ।

बैठकले नेपालले वर्षे बाली लगाउने समयमा किसानहरुलाई कृषि प्रयोजनाका लागि आवश्यक पर्ने मलखादको अभाव देखिएकाले किसानहरुमाझ कृषि मल तत्काल उपलब्ध गराउन सरकारले माग गरेको विज्ञप्तिमा उल्लेख छ ।