• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा



संयुक्त राष्ट्रसंघ । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद भएको जनाएको हो ।

पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष बनाएकाले यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । अफगानिस्ताजमा मजार ए शरिफमा रहेको एक मस्जिदमा गत बिहीबार हमला हुदा कैयौँ नागरिकको ज्यान गएको थियो । त्यसैगरी शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।

यहाँका अल्पसंख्यक धार्मिक समुदायका नागरिकमा हुने गरेको हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । रासस