२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल प्रिभ्युः पञ्जाब र लखनउ भिड्दै



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ४२ औँ खेलमा आज (७ः४५ बजे) पञ्जाब किंग्सको टोलीले लखनउ सुपरजायन्ट्सको सामना गर्दैछ । लखनउको टोली अहिले अंक तालिकाको चौथो स्थानमा छ । लखनउले आठमध्ये पाँच जितेको छ भने तीन खेल हारेको छ । पञ्जाब टोलीले आठ खेलमा चार जित र चार हार बेहोरेको छ ।

सुपरजायन्ट्सले आफ्नो अघिल्लो खेलमा मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको थियो भने पञ्जाब किंग्सको टोलीले चेन्नई सुपर किंग्सलाई ११ रनले पराजित गरेको थियो । पञ्जाबलाई लखनउको अगाडि जितको सिलसिला कायम राख्न ठूलो चुनौती हुनेछ ।

लखनउ सुपरजायन्ट्स
लखनउका कप्तान के एल राहुल शीर्ष क्रममा उत्कृष्ट लयमा छन् । उनले चालू सिजनमा मुम्बई इन्डियन्सविरुद्ध दुई शतक र एक अर्धशतक पनि बनाएका छन् । राजस्थान रोयल्सका जोस बटलरले मात्र चालू सिजनमा उनीभन्दा बढी रन बनाएका छन् । दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रबाडाको नेतृत्वमा रहेको पञ्जाबको बलिङ आक्रमण निकै सन्तुलित छ भने पञ्जाबले राहुललाई ठूलो इनिङ्स खेल्नबाट रोक्ने प्रयास गर्नेछ ।

रबाडा बाहेक पञ्जाब टोलीमा अर्शदीप सिंह, सन्दीप शर्मा, ऋषि धवन र राहुल चाहर जस्ता बलर छन् जसले डेथ ओभरमा प्रभावकारी प्रदर्शन गरेका छन् । पञ्जाबको सबैभन्दा ठूलो चुनौती एमसीए स्टेडियममा राहुलको ब्याटलाई रोक्नु हुनेछ, जुन ठूलो स्कोरिङ खेलका लागि परिचित छ । लेग स्पिनर चाहर १० विकेटका साथ पञ्जाबका सबैभन्दा सफल बलर हुन् तर उनले पनि आफ्नो प्रदर्शनमा सुधार गर्न आवश्यक छ ।

लखनउलाई क्विन्टन डी ककको पनि भरोसा रहेको छ । डि ककले मुम्बईविरुद्ध १० रन मात्र बनाउन सके । डि ककले अहिलेसम्म २२५ रन बनाए पनि आफ्नो क्षमतालाई न्याय गर्न सकेका छैनन् ।

अनुभवी मनिष पाण्डे, आक्रामक ब्याट्सम्यान मार्कस स्टोइनिस र क्रुणाल पाण्ड्या, आशालाग्दा दीपक हुडा र युवा आयुष बडोनी बाहेक वेस्ट इन्डिजका अलराउन्डर जेसन होल्डरको उपस्थितिमा लखनउको ब्याटिङ बलियो छ । टोलीका बलरले पनि राम्रो प्रदर्शन गरेका छन् । श्रीलंकाका तिब्र गतिका बलर दुष्मन्थ र होल्डर प्रभावित छन् । उनीहरूले मिलेर अहिलेसम्म १४ विकेट लिएका छन् र पञ्जाबविरुद्ध पनि यो प्रदर्शन जारी राख्नुपर्नेछ ।

पञ्जाब किंग्स
ब्याटिङ डिपार्टमेन्टमा ओपनर शिखर धवनमा पञ्जाबको टोली भर पर्नेछ । धवनले अघिल्लो खेलमा अविजित ८८ रन खेलेर फर्ममा फर्केका थिए । तर, कप्तान मयंक अग्रवालको फर्म टोलीका लागि चिन्ताको विषय बनेको छ । हालको सिजनमा उनको प्रदर्शनमा उतारचढाव रहेको छ र उनले अहिलेसम्म सात खेलमा एक अर्धशतक मात्र बनाएका छन् । उनको प्रदर्शनमा निरन्तरता हुनुपर्छ र धवनसँगै टोलीले राम्रो सुरुवात गर्नुपर्छ ।

तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका भानुका राजपाक्षेले प्रभाव पारेका छन् । उनले सुपर किंग्स विरुद्धको अन्तिम खेलमा ३२ बलमा ४२ रन बनाएका थिए । श्रीलंकाका ब्याट्सम्यान आफ्नो राम्रो रन जारी राख्न चाहन्छन् । यदि पञ्जाबले ठूलो स्कोर गर्न वा ठूलो लक्ष्य पछ्याउने हो भने, शीर्ष क्रमले लियाम लिभिङस्टोन र जोनी बेयरस्टो जस्ता ब्याट्सम्यानका लागि बलियो प्लेटफर्म सिर्जना गर्नुपर्नेछ ।

सम्भावित टिम
पञ्जाब किंग्सः मयंक अग्रवाल (कप्तान), शिखर धवन, जोनी बेयरस्टो, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकिपर) भानुका राजपाक्षे, ऋषि धवन, कागिसो रबाडा, राहुल चाहर, सन्दीप शर्मा, अर्शदीप सिंह ।

लखनऊ सुपर जायन्ट्सः केएल राहुल (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), मनिष पाण्डे, क्रुणाल पाण्ड्या, दीपक हुडा, आयुष बडोनी, मार्कस स्टोइनिस, जेसन होल्डर, दुष्मन्थ चमिरा, रवि बिश्नोई, मोहसिन खान ।