२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानको शौचालयमा सुन फेला, विमानका कर्मचारी पक्राउ



अ+ अ-

काठमाडौँ । बिहीबार दुबईबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा राखिएको डस्टबिनमा दुई केजीभन्दा बढी सुन फेला परेको छ ।

प्रहरीले शौचालयको डस्टबिनमा दुई केजी २३२ ग्राम सुन फेला पारेपछि विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

बिहीबार पाँचथर घर भएका मीनकुमार माबो र नुवाकोट घर भएका सुमन तामाङले दुबईबाट सुन ल्याएको प्रहरीले जनाएको छ । उनीहरुले सो सुन शौचालयको डस्टबिनमा छोडेर हिँडेका थिए । पछि सफाइ कर्मचारीले सुन निकालेर कर्मचारी निस्कने गेटतर्फबाट निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरका २८ वर्षीय राजेश राई, दोलखा गौरीशङ्करका ४१ वर्षीय ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर सप्तरी घर भएका ताराकान्त चौधरी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको शौचालय प्रयोग गरेर पनि सुन तस्करी हुने गरेको यस घटनाले देखाएको छ ।