• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

अमेरिकाले क्वाड बैठकमा रुस विरुद्ध संयुक्त प्रतिक्रियाको लागि आह्वान गर्ने



वासिङ्टन,अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउनुहुने बताइएको छ । सो अवसरमा युक्रेनलाई सहयोग गर्न वाशिङटनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ। ह्वाइट हाउसले बिहीबार बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग ९क्वाड० राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो कुरा आएको हो। बाइडेनले रुसलाई एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने कि नउढाउने भन्ने प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भने, “हामी यस बैठकमा पनि त्यही भावना व्यक्त गर्नेछौं।”
“अब, यो बैठक केही हप्ता टाढा छ त्यसैले यस बीचमा धेरै कुरा विकसित हुन पनि हुन सक्छ,” साकीले भने, “निश्चय पनि, राष्ट्रपतिले हामीले के गर्दैछौं र त्यस समयमा घटनाक्रम कहाँ खडा हुने छन् भन्ने बारे बताउनुहनेछ ।”

अमेरिका र दुई राष्ट्रबीचको सहकार्यलाई बढावा दिन बाइडेनले मे २०२४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्नुहुने समेत, ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ।
टोकियोमा, राष्ट्रपति बाइडेनले अष्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नुहुनेछ।
“हामी यस यात्राको बारेमा छिट्टै थप विवरणहरू सार्वजनिक गर्न तत्पर छौं,” ह्वाइट हाउसले जनाएको छ।

गत वर्ष सेप्टेम्बरमा, राष्ट्रपति बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ह्वाइट हाउसमा क्वाडको प्रत्यक्षरूपमा आयोजित पहिलो शिखर सम्मेलनमा स्वागत गर्नुभएको थियो।