• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   पत्रकार महासंघको चुनाव अनिश्चितकालसम्मका लागि स्थगित ★   विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली ★   भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त ★   ‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण ★   भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ सुरु ★   हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   पूर्वमुख्यसचिव पौडेल संयोजक रहेको सुझाव समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस ★   सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस– ब्रेन ट्युमर: अवस्था र भावी योजना ★   राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन क्यानलाई राखेपको ध्यानाकर्षण ★   एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

उम्मेदवारी फिर्ता गराउन सत्ताको प्रयोग:आज अन्तिम दिन,के होला भरतपुर ?



काठमाडौ । स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदबारी फिर्ता लिने अन्तिम दिन हो । प्रायः सबै प्रमुख दलबाट बागी उम्मेदबारी परेको छ । सबैभन्दा धेरै त सत्तारुढ गठबन्धनमै छन् बागी उम्मेदबारी । चर्चा पनि यसैको छ । पालिका प्रमुखमा ७ सय ५३ पद भए पनि गठबन्धन दलबाटै १ हजार ८ सय ७९ जनाको उम्मेदवारी परेको छ । यसरी हेर्दा गठबन्धन दलबाटै लगभग तेब्बरको संख्यामा प्रमुखमै उम्मेदबारी छ ।

सत्तारुढ गठबन्धनले एक पदमा एक मात्र उम्मेदवार उठाउने समझदारी गरेको थियो तर सकेको छैन । सत्तारूढ दलहरूले आधिकारिक रूपमै झन्डै तीन गुणा उम्मेदवार उठाएका छन् । यी उम्मेदबारहरु धेरै तिर छन् । एमालेमा पनि छन् तर थोरै छन् । सबैभन्दा धेरै सत्तारुढ गठबन्धन मै छन् । पहिलेका तुलनामा यसपालि स्थानीय तहमा उठ्न चाहनेको महत्वाकांक्षा बढेकाले पनि यस्तो हुन गएको हो ।

यी उम्मेदबारलाई फिर्ता गराउन सम्बद्ध दल लागि परेका छन् । उम्मेदबारी दिएकै दिनबाट उनीहरु लागि परेका हुन् । तर प्रमुख स्थानमध्ये कतैबाट पनि फिर्ता लिने तयारी देखिन्न ।
उता सबैभन्दा बढी ध्यान चितवनको भरतपुर महानगरपालिकामा पुगेको छ । सत्तारूढ कांग्रेस र माओवादी शीर्ष नेतृत्वको सम्पूर्ण शक्ति भरतपुरमा जुटेको देखिएको छ । सरकारले भरतपुरका लागि सत्ता र शक्तिकै दुरुपयोग गरिरहेको एमालेको आरोप पनि छ । यहाँ निवर्तमान मेयर एवं प्रचण्ड पुत्री रेनु दाहालको उम्मेदबारीका कारण पनि बढी चर्चा यहीँको छ । यहाँ कांग्रेसले बागी दिएको छ । चितवनका कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलको उम्मेदवारी रोक्न कांग्रेस नेतृत्व मात्र नभई सिंगो राज्य शक्ति नै जोडतोडले लागेको देखिएको छ । यसबीचमा गृहमन्त्री उनको घरमै पुगेका थिए भने अरु नेताहरुले फोनबाटै दबाब दिएका छन् ।

बागी उम्मेदवारी फिर्ता गर्ने कसरतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि छन् । उनी केही दिनदेखि चितवनमै छन् । नेपालमा लोकतन्त्र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेस र माओवादी पार्टीको आ–आफ्नै भूमिका र इतिहास पनि छ । तर पनि कुनै एकजना नेता विशेषकी छोरीलाई मेयर बनाउने विषयमा कांग्रेसको सिंगो पार्टी पंक्ति तथा सरकार नै लागेको देखेर चितवनका कांग्रेस नेता तथा कार्यकर्ताहरुले नै लाज मानेका छन् । यहाँसम्म कि निर्वाचनका बेला देशभरको शान्ति सुरक्षामा ध्यान दिनुपर्ने तथा यस बेलामा देशको राज्यसत्ताको दुरुपयोग हुन नदिन आफै चनाखो बस्नुपर्ने गृहमन्त्री नै हेलिकोप्टर चढ्दै भरतपुर पुग्दै गरेका छन् ।

तर शुक्रबार बिहानसम्मको अवस्था सकारात्मक छैन । शुक्रबार बिहानसम्म चितवनका कांग्रेसीजनले जगन्नाथको उम्मेदवारी फिर्ता नगर्न भनेका छन् । उनीहरुले पटक पटक पार्टी माओवादीको पोल्टामा पुग्नुपर्ने अवस्थाका कारण जर्जर भएको र प्रजातन्त्र नै रोएको भन्दै यस पटक आफूहरुले रुख चिह्नमै मत हाल्न पाउनुपर्ने अडानमा छन् । त्यसैले पनि आज चितवनमा के हुन्छ भन्ने विषय अहिलेसम्मै अन्यौलमा छ ।