११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो

हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो
अ अ+ अ-

काठमाडौं । साउदी अरबको मक्कामा हज गर्न गएका नेपाली मुस्लिम हजयात्रीहरुलाई हज समितिले असहयोग गरेको भन्दै असन्तुष्टि चुलिएको छ ।

गत जेष्ठ २ गते साउदी पुगेका नेपाली हजयात्रीलाई संम्झौता अनुसार तोकिएको सेवासुविधा समेत नदिइएको र गुनासो सुन्ने तथा समस्या समाधान गर्न कुनै जिम्मेवार व्यक्ति उपस्थित नभएको गुनासो हजयात्रीहरुले गरेका छन् ।

हजका लागि नेपालबाट ७५४ जना साउदी अरब गएका छन् । साउदी रहेका एक हजयात्रीले न्युजपोलारसँग भन्नुभयो, यहाँको अवस्था बिजोग छ, हज कमिटीका कोही व्यक्तिहरु पनि देखिँदैनन् केही गुनासो गरे बंगाली र बर्मेली दलालहरु प्रयोग गरी थर्काउने काम भै रहेको छ । त्यसैले जेष्ठ नागरिक, महिला तथा अन्य व्यक्तिहरु निरीह भएर बस्नु परेको छ ।

उनका अनुसार, नेपालबाट गएका हज कमिटीका सदस्यहरुले हजयात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, गुणस्तरहीन, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको अबस्था छ ।

यो पनि पढ्नुहोस- हज समितिमा अनियमितता: सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद

पैसा तिरेरै गएको हो तर पैसा तिरेबापत सुविधा पाइएन । गाडीको सुविधा पनि दिएन, उहाँले भन्नुभयो ।

उहाँका अनुसार हरम (काबा) भन्दा ६ किलोमिटर टाढा रहेको डाँडामा लगेर हज यात्रुलाई राखिएको छ तर सवारीसाधनको सुविधा दिइएको छैन । जसका कारण साउदीको उखरमाउलो गर्मीमा पैदल हिँडेर जानुपर्ने अवस्था छ । तर हजयात्रीले सवारी साधनलाई समेत रकम बुझाएका थिए । हज गर्न गएकाहरुले चर्को बिरोध जनाएपछि आजदेखि भने बल्ल एउटा बस सेवा सुरु भएको छ ।

७५४ यात्रुका लागि जम्मा एउटा बस सुरु भएको छ । एक हजयात्रीले भन्नुभयो, सवारी साधनका लागि भनेर बुझाइएको रकम दुरुपयोग गर्न यो हदसम्मको काम भयो । या त रकम लिनु हुँदैन थियो या रकम लिएपछि सेवासुविधा दिनुपर्ने थियो त्यो भएन । धर्ममा पनि अपराध भयो ।

हजयात्रीलाई सहयोग गर्न भन्दै १२ जना हज समितिका पदाधिकारीहरु साउदी पुगेका छन् तर उनीहरु हजयात्रीको सम्पर्कमा नपुगेको स्रोतले बताएको छ । हज समितिका पदाधिकारीहरु भने मिसफला रोडमा रहेकोे तारे होटल मिलेनियम कोठा नं ११०८ सहित अन्य कोठाहरु लिएर बसेका छन् । हजयात्रीहरुका लागि भनेर व्यवस्था गरेका चिकित्सक साउदीमै भएपनि औषधी तथा आवश्यक अन्य सामग्री गुणस्तरहीन भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

हजयात्रीले आफूहरुले पाएको दु:खका बारेमा हज समितिले वास्ता नगरे पनि गृह मन्त्रालयमा गुनासो गर्दा पनि सुनुवाई नगरेको आरोप लगाए । उनीहरुले भने गृह मन्त्रालयले हजका बारेमा संयोजन गर्न अनौपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असिम साहलाई जिम्मा दिएको छ ।

पूर्व सांसद तथा नेकपा एसका केन्द्रीय सदस्य समेत रहनु भएका र हाल साउदीमा हज कार्यमा रहनु भएकी कलिला खातुनले पनि सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ, हज गर्न जाँदा दु:ख गर्नुपर्छ र दु:ख हुन्छ तर सहज होस् भनेर दुई गुणा पैसा तिरेका छन् । त्यो हज कमिटीका नेतृत्वलाई खानको लागि दिएको त हैन नि। निकै दु:ख लाग्यो हाजीहरुको स्थिति सुन्दा । न त गतिलो खाना न सहज बसाई। दिएको यात्राको लागि गाडी पनि बन्द गरिएछ रे । भनेपछि त्यो देखावटी नै त होला । यसको जवाफदेही हज कमिटी हुनुपर्छ। पहिलेको समितिले गरेको भनेर अहिलेको समिति उम्किन मिल्दैन र चुप लागेर बस्नु भनेको सबै मिलेमतो जस्तो देखेको हुनाले छिटोभन्दा छिटो यस्ता समस्याहरुको समाधान होस् र हाजीहरुले राहत पाउन् । कमिटीकै लापर्वाहीले कसैको ज्यान नजाओस्। यस्तो खराब व्यवस्थापन तत्काल सुधारिनु पर्दछ ।

उहाँले लेख्नुभएको छ, साउदी सरकारद्वारा बिना शुल्क दैनिक वितरण गर्ने जमजम पानीको लागि हाजीहरुलाई यसरी थर्काइँदैछ हज समितिका बर्मेली र बंगाली गुण्डाहरुबाट ।

केही दिन अघि संसदको महिला तथा सामाजिक मामिला समितिमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले तीन लाखमा नै हज यात्रा गराउन सकिने जानकारी गराउनु भएको थियो ।

समितिको बैठकमा उहाँले भन्नुभयो ‘अहिले चार लाख १५ हजार प्रतिब्यक्ति लिईएको छ । मलाई जिम्मा दिने हो भने ३ लाखमा नै पठाउन सकिन्छ । ‘

उहाँले हजमा आर्थिक अनियमिताको कुरा हुने गरेको र नियुक्तिका लागि तछाड मछाड हुने गरेको भन्दै कम दरमा हज यात्रा गराउने लाई समितिको जिम्मा दिनु पर्ने र हज समिति लाई पनि आयोगको मातहत राख्नु पर्ने बताउनु भयो ।

हज समितिका एक सदस्यका अनुसार साउदीमा १ हजार रियाल भन्दा कममा घर पाइने भएपनि हज समितिमा भने दुई हजार रियालको सम्झौता गरिएको छ । सोही संम्झौतालाई अहिलेको समितिले अनुमोदन गरेको छ ।

विभिन्न विकल्प समेत रहेको अवस्थामा पुरानो सम्झौता कार्यान्वयन गर्नु आर्थिक अपचलनका लागि नै भएको ती सदस्यले भने । उनका अनुसार, घरभाडा बापतको रकम मात्रै कम्तीमा ७ लाख साउदी रियाल चलखेल भएको छ । त्यो रकम नेपालमा पूर्वअध्यक्ष शमशेर मियाँ मार्फत सांसद साहसम्म पुगेको ती सदस्यले आशंका गरे । उनले भने, यो त घरभाडा बापतको मात्र हो, खाना र यातायातको पनि थप हुने, मदिनाको अलग हिसाब हुने हुँदा कति रकम गोलमाल भयो भन्ने बारेमा गम्भीर छानबिन हुनु पर्छ ।

ती सदस्यका अनुसार मक्कामा भन्दा मदिनामा बस्ने स्थान झनै टाडा रहेको छ । त्यहाँबाट प्रत्येक दिन दैनिक पाँच पटक नमाज पढ्नका लागि मस्जिदे नबयु (हरम) सम्म पुग्नु पर्ने हुन्छ जुन निकै कठिन छ । बस्नका लागि तय गरेको स्थान र नमाज पढ्ने स्थानको दुरी झण्डै ५ किलोमिटर टाडा रहेको छ ।

ती सदस्यका अनुसार हाजीसँग लिइएको शुल्कले नमाज पढ्ने स्थान वरपर नै आवास सुविधा उपलब्ध हुन सक्ने अवस्था थियो तर कमिसनका कारण त्यो काम गरिएन ।

एक सदस्यले भने हज भित्रको कुरा बाहिर लगेको भन्दै समितिका सदस्यहरुलाई समेत निगरानी गर्ने गरेको छ ।

भुटानी शरणार्थी प्रकरणका कारण साउदी जान नपाएका पूर्व अध्यक्ष शमशेर मियाँले आफ्ना नातेदार समेत रहेका हज कमिटीका सदस्य समेत रहेका जबुल मियाँलाई आफ्नो प्रतिनिधिका रुपमा साउदी पठाएका छन् ।

समितिका एक सदस्यका अनुसार हज समितिका सदस्य रसिद मिर्जाले हजयात्री सहजीकरण गर्ने भन्दा पनि अपशब्द प्रयोग गर्ने, थर्काउने गरेका छन् । मिर्जा रास्वपा प्रवेश गर्ने सर्तमा हज समितिको सदस्यमा मनोनयन भएको ती सदस्यले दाबी गरे ।

यी सबै प्रकरणमा पूर्व अध्यक्ष शमशेर मियाँ, तत्कालीन कार्यबाहक अध्यक्ष मकबुल मियाँ र सांसद साहको संग्लनता रहेको ती सदस्यले दाबी गरे ।

यो पनि पढ्नुहोस- केन्द्रीय हज समितिमा अनियमितताको चाङ, पटक पटक अतिरिक्त शुल्कले हाजीहरु हैरान