१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई ट्यूसन पढाउने गगनको चाहना र लाज पनि लजाउने नेताको गाली पुराण !



अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्बाचन नजिकिदै जाँदा प्रमुखदलका नेताहरू लाजले पनि लाज मान्ने हर्कत गरिरहेका छन् । आफूले अर्कोलाई जानेजति र सके जति गाली गर्ने ,अर्कोले प्रतिबाद गरे अराजनीतिक चरित्र प्रदर्शन गरेको भन्दै पानी माथीको ओभानो बन्ने प्रयास गरेका छन् । केही दिन यता नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु एक अर्का प्रति यसरी आरोप प्रत्यारोपमा उत्रिएका छन् कि भोली कुनै पनि बिन्दुमा सहकार्य हुदै नहुने झै ।

भनिन्छ राजनीतिमा स्थायी शत्रु वा मित्रु हुदैनन् । नेपालको सन्दर्भमा पनि अगिल्लो दिनसम्म काटाकाट गरेका नेताहरु भोलीपल्ट चाटाचाट गर्छन फेरी पर्सी पल्ट काटाकाट गर्छन ।

केही दिन अघि नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्यो । एमालेले बिगतमा आफुले गरेका कामहरुको स्वामित्व लिदै भावी कार्यक्रमका बारेमा जानकारी गरायो ।

त्यसका केही दिन पछि सत्तारुढ दल नेपाली काग्रेसले आफ्नो घोषणा पत्र सार्बजनिक गर्यो । उसले आफुले गर्ने काम सगै बर्गीय शत्रु र्झै गरेर नेकपा एमाले , अध्यक्ष केपी ओली देखी राष्ट्रपति सम्मलाई आलोचना गर्यो ।

घोषणा पत्र सार्बजनिक गर्दे काँग्रेसले एमाले माथी गम्भिर आरोपहरु लगाएको थियो । कार्यक्रममा काँग्रेसले भनेको थियो ‘नेकपाको सरकार पहिलो दिनदेखि कुशासन, भ्रष्टाचचार र अनियमिततालाई संस्थागत गर्दै आइरहेको थियो । ‘सार्वजनिक सम्पत्तिमाथि लुटतन्त्र मच्चाउदै नेकपाको सरकारले भ्रष्टाचार, अनियमितता र अपारदर्शिताको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान राख्दै आएको थियो ।’

वाइडबडी विमान खरीद, सेक्युरिटी प्रेस, ओम्नी समूहको अनियमितता लगायतका विषयको फेहरिस्त घोषणापत्रमा समावेश गरेको काग्रेसले नेपाल ट्रष्टको सम्पत्तिमाथिको दोहन र ३३ क्वीन्टल सुन तस्करी प्रकरणमा समेत सरकारले बदनियतपूर्वक काम गरेको आरोप लगाएको थियो । यसै गरी गुठी जग्गामा आखा लगाएर ओली सरकारले गुठी विधेयक ल्याएको । कोभिड महामारीका बेलामा स्वास्थ्य सामग्री खरीदका क्रममा समेत अनियमितता गरेको ,माओवालीका पूर्व नेता बालकृष्ण ढुंगेललाई आममाफी दिएको,संवैधानिक निकायको कम्युनिष्टकरण गरेको ,अध्यादेशका आधारमा भएको सिफारिस र नियुक्तिले संवैधानिक निकायलाई एमालेले भर्ती केन्द्र बनाएको जस्ता आरोप लगाएको थियो ।

कांग्रेसको आरोपबाट आगो हुनुभएका एमाले अध्यक्ष केपी ओलीले पनि मंगलवार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा जबाफी फायर खोल्नुभयो । उहाँले भन्नुभयो ‘नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र हो ।’

उहाँले नेपाली काँग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाउनु भयो । अध्यक्ष ओलीले उहाँले २०६२/०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताउनु भयो ।

उहाँले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र काँग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली काँग्रेसले, नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए । हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा । कुनै गन्तव्य हुँदैन । उत्ताउलो विकास । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे । हाम्रा खोला खोल्सीहरुमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको । के भएको नेपाली काँग्रेसलाई । एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो । पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन ।

राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ। राष्ट्रपतिमाथि हमला गरेको छ।नेपाली काँग्रेसलाई सन्चो छ कि छैन रु एकपटक घोषणा गर्न भन्दा अघि सोध्न मन लागेको छ। राजनीतिक, संवैधानिक, कानूनि कुरा गर्नुप(यो नि । अधिकांश घोषणापत्र त्यस्तै छ ।

अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ । संविधानबाट टिपदै राख्दै गरेको छ । अर्को पक्ष पनि छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । चोर विद्यार्थीले चिट चारेझैँ अर्काको लेख्दा आँखा उता हात यता हुँदा छड्को अक्षर भएका छन् । त्यसमा एमालेमाथि तथानाम गाली, संविधानका केही कुराको उतार, अर्को एमालेको कपी । त्यही पनि कुशल विद्यार्थीको चिट चोराइ छैन । लद्दु विद्यार्थीको लद्दु चिट चोराइ छ । हेर्दा हेर्दै काँग्रेस के भएको रु काँग्रेसँग राजनीति छैन, सकियो । देश विकसको कुनै योजना र एजेण्डा छैन त्यो पनि सकियो । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरुले आफू बित्दा काँग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ । केही छैन अहिले काँग्रेससँग ।’

ओलीले जबाफी फायर खोलेको भोलिपल्ट काग्रेस महामन्त्री गगन थापाले फेरी ओठे जबाफ पर्काउनु भएको छ । पार्टी भित्र दबिएका महामन्त्री थापाले भालुको रिस खनायो भाथी भने झै एमाले अध्यक्ष ओली माथी आक्रोश पोख्नुभयो । पार्टी भित्र का अनेकन बिवाद र समस्या थाहा नभएझै गर्दे महामन्त्री थापाले ओली माथी गाली गरेर मुद्धा डाईर्भट गर्ने प्रयास गर्नुभयो ।

उहाले भन्नुभयो ‘नेकपाका अध्यक्ष ओलीजीले मुख छाड्नुभो भनेर एकजना साथीले सुनाउनुभो । अरे बाबा उहाँले सफा र सालिन बोलेको भए पो नयाँ कुरा । जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो । नयाँ कुरा भएन ।’

थापाले भन्नुभयो ‘पागल भन्नुभयो, ठीकै छ । तपाईंलाई याद, छ ओलीले कोकोलाई पागल भन्नुहुन्छ ? जसले उहाँको झूटलाई बाहिर ल्यायो उसलाई पागल भन्नुहुन्छ । हिजो सुशिला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । यो पनि कुनै नयाँ कुरा होइन । कुण्ठाले भरिएको अभिव्यक्ति दिएर हलमा कार्यकर्ताको ताली खाएपछि घरमा आनन्दले सुत्ने केपी ओली हो ।’

थापाले भन्नुभयो ‘बुढाबा, धेरै सनक्क नसन्किनुस् । शरीरलाई अप्ठोरे पर्छ शरीरको ख्याल गर्नुहोला ।’ थापाले अझ अगाडी बढेर भन्नुभयो मसंग समय भएमा बालकोटमै गएर ओलीलाई ट्यूसन पढाउने चाहना छ ।

गगन को अभिव्यक्ति पनि एमालले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले सामाजिक सञ्जाल मार्फत फायर खोल्नुभयो ।

उहाँले लेख्नुभयो –

१) हालै जारी घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिक रुपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ । कम्युनिस्टका नाममा खडा भएका बुख्याँचाहरुहरुको बुईं चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट, कार्यक्रमिक रुपमा एजेन्डाविहीन र राजनीतिक रुपमा बेइमानीको चरमचुलीमा पुगेका उसको विरोधाभाषपूर्ण दावी, कुतर्क र हास्यापद आत्मश्लाघाहरु पढ्दा थाहा हुन्छ ।

२) कांग्रेसको घोषणापत्रमा १७ पृष्ठ लगातार रुपमा नेकपा (एमाले)का विरुद्धमा विषबमन गरिएको छ । आफ्नो घोषणापत्रमा सम्भवतः संसारको कुनै पनि पार्टीले अर्को पार्टीका बारेमा यति धेरै उल्लेख गर्दैन । आफ्ना एजेन्डा, कार्यक्रम र विचारहरु नभएपछि नेकपा ९एमाले० को विरोधमा मात्रै आफ्नो भविष्य देखेको पाइन्छ । कांग्रेसको घोषणापत्रमा नेकपा (एमाले) को नाम २३ ठाउँमा उल्लेख छ ।

३) घोषणापत्रमा आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम ८ ठाउँमा उल्लेख गरेको कांग्रेसले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको नाम ४२ ठाउँमा उल्लेख गरेको छ । आफ्नो नेतृत्वप्रतिको विश्वास नभएको र एमालेको नेतृत्वप्रति आतंकित भएको यसभन्दा अर्को नमुना के खोज्नुपर्ला र ?

४) शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशनमा पनि आफ्नो नाममा होइन, ‘मैले हारेँ भने ओली आउँछ’ भन्दै केपी ओलीका नाममा चुनाव लड्नुभएको थियो । यसपटक पनि कांग्रेसले आफूसँग कुनै एजेन्डा नभएकाले नै होला, केपी ओलीका नाममा स्थानीय निर्वाचन लड्ने घोषणा गरेर आफ्नो औचित्यमाथि आफैँ प्रश्न खडा गरेको छ ।

५) कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन्, प्रतिद्वन्द्वी हुन् । यस अर्थमा आलोचना, विरोध र खण्डनलाई अन्यथा मान्नुपर्दैन । तर, कांग्रेसले घोषणापत्रमा एमाले र अध्यक्ष ओलीका बारेमा जे जस्तो शब्दहरु प्रयोग गरेको छ, यो पार्टी बैचारिक रुपमा त टाट पल्टेकै छ, शिष्टताका हिसाबले पनि असान्दर्भिक, उत्तेजक र अतिवादीहरुको हातमा पुगेछ भन्ने देखिन्छ । ‘केपी ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षा’ भन्ने जस्ता भाषा शहरतिरका बाख्रापालकहरुले त के सर्पपालकहरुले पनि प्रयोग गर्नु नपर्ने हो ।

अनि यस्तो घोषणापत्रलाई ‘प्रलाप’ नभनेर राजनीतिक दस्तावेज मान्न सकिन्छ ?

लाजले पनि लाज मान्ने हर्कत गरेका नेताहरु कुनै बेला फेरी सहकार्य गर्नुपरेको अबस्थामा एकले अर्कोलाई आरोप लगाएका कुराको समिक्षा कसरी गर्छन होला ?