१० पुष २०८१, बुधबार
,
Latest
यो देश कसको ? आयल निगमले नयाँ बिक्रेताका लागि आवेदन खोल्यो पञ्चायत बिरुद्ध लडेर आउनु भएको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयो: उषाकिरण तिम्सेना विन्दाको व्यङ्ग्य: पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिए ! एमालेले भीम रावललाई पार्टीबाट हटायो,बिन्दा र उषाकिरण ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला कर्णाली विकास बैंक समस्याग्रस्त घोषित स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, वृद्ध बुबाआमादेखि परिवारजन शोकाकूल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको घोषणापत्र गालीगलौज र पागलहरुको प्रलाप मात्र हो– ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताउनुभएको छ । रोल…

मंगलवार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दाबी गर्नुभएको हो । उहाँले नेपाली काँग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाउनु भयो । अध्यक्ष ओलीले उहाँले २०६२÷०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताउनु भयो ।

उहाँले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र काँग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली काँग्रेसले, नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए । हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा । कुनै गन्तव्य हुँदैन । उत्ताउलो विकास । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे । हाम्रा खोला खोल्सीहरुमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको । के भएको नेपाली काँग्रेसलाई । एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो । पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन ।

राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ। राष्ट्रपतिमाथि हमला गरेको छ।नेपाली काँग्रेसलाई सन्चो छ कि छैन ? एकपटक घोषणा गर्न भन्दा अघि सोध्न मन लागेको छ। राजनीतिक, संवैधानिक, कानूनि कुरा गर्नुप-यो नि । अधिकांश घोषणापत्र त्यस्तै छ ।

अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ । संविधानबाट टिपदै राख्दै गरेको छ । अर्को पक्ष पनि छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । चोर विद्यार्थीले चिट चारेझैँ अर्काको लेख्दा आँखा उता हात यता हुँदा छड्को अक्षर भएका छन् । त्यसमा एमालेमाथि तथानाम गाली, संविधानका केही कुराको उतार, अर्को एमालेको कपी । त्यही पनि कुशल विद्यार्थीको चिट चोराइ छैन । लद्दु विद्यार्थीको लद्दु चिट चोराइ छ । हेर्दा हेर्दै काँग्रेस के भएको ? काँग्रेसँग राजनीति छैन, सकियो । देश विकसको कुनै योजना र एजेण्डा छैन त्यो पनि सकियो । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरुले आफू बित्दा काँग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ । केही छैन अहिले काँग्रेससँग ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाउनु भयो । उहाँले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताउनु भयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताउनु भयो । उहाँले गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसका सभापति, सम्माननीय प्रधानमन्त्रीलाई तपाईको देश बनाउने एजेण्डा के छ ? भनेर सोध्नुस् । लोकतन्त्रको सम्बन्धमा तपाईको एजेण्डा के छ भनेर सोध्नुस् । सुशासन वा शासन सञ्चालन कसरी गर्ने भनेर सोध्नुस् । उहाँको जवाफ तपाई बढ्ता बोल्दै हुनुहुन्छ, नेपाली काँग्रेससँग कुनै एजेण्डा छैन भन्ने थाहा हुँदा हुँदै सोध्ने भन्ने आउँछ, नपत्याए गएर सोध्नुहोस् । नेपाली काँग्रेसलाई होच्याउन खोज्ने भन्नुहुन्छ । उससँग जनताको बारेमा सोच छैन । उसले सत्ता बुझ्छ र फेरि पनि सत्ता टिकाइराख्न यो गठबन्धन नामको कुहिएको ढोडको लौरो आवश्यक छ भन्ने ठान्छ । यो कुहिएको ढोडको लौरो यही ३० गतेको चुनावमा खलास हुन्छ । त्यसपछि काँग्रेस हातको लौरो त छैन त्यस हालतमा हुन्छ ।’

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ केन्द्र भएको दाबी गर्नुभयो । चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उहाँको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गर्नुभयो । उहाँले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले ननिकालेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालमा अहिले माओवादी भन्ने पार्टी चुनावमा जाँदैछ । हुन त त्यो माओवादी पार्टी होइन, केन्द्र हो । यस्तो सेन्टरहरु विभिन्नले खोलेका छन् नि । यस्तै माओवादी एउटा सेन्टर हो । त्यसले चुनाव घोषणापत्र नै निकालेन । माओवादीको चुनाव घोषणापत्र छैन । काँग्रेसले निकालेकै छ भइगयो नि भन्नेछ । माओवादी अब पार्टी भयो त केन्द्र नभएर । सोध्नुस् न किन ननिकालेको, के गर्छ ? उसले भन्दा भन्नै मिल्दैन उसले गर्ने कुरा कसरी निकाल्नु घोषणापत्र ? माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुरा त्यो उसले भन्ने मिल्दैन । सधैँ झुटो लेख्न पनि त गाह्रो । हुन त माओवादीलाई उल्टा कुरा गर्न गाह्रो त छैन । अफ्ठ्यारो त लाग्दैन तर । यसपल्ट गाह्रै परेछ । उसले चुनाव घोषणापत्र निकालेन ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाउनु भयो । उहाँले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘फाटोवादी, चोइटोवादीले आफूलाई एकीकृत नाम राखेको छ र प्रतिक्रियावादीको पुच्छर भएको, प्रतिगामी शक्तिले आफूलाई समाजवादी भन्ने नाम राखेको छ । त्यसले हतारिएर घोषणापत्र निकाल्यो । त्यो घोषणापत्रमा केही पनि छैन ।’

अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने गाड्यन्त्र भइरहेको तर नेकपा एमालेले चुनाव सार्न नदिने स्पष्ट पार्नुभयो । उहाँले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनीकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।