५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

ओलीको मुखमा अङ्गार भएकाले कालै ओकल्छन् – महामन्त्री थापा

ओलीको मुखमा अङ्गार भएकाले कालै ओकल्छन् – महामन्त्री थापा
file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अङ्गार भएकाले कालो ओकल्ने गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले कालो ओकल्ने गरेको टिप्पणी गर्नुभएको हो । ओलीले मंगलवार एक कार्यक्रमका बिच कांग्रेसको घोषणापत्रको सन्दर्भलाई उल्लेख गर्दै महामन्त्री थापाले ओलीले मुख छाड्नु नौलो कुरा नभएको बताउनुभयो । उहाँले मुखमा अङ्गार हुनेले कालै ओकल्ने बताउनुभयो । ओलीले आफुले बोलेको झुटलाई चुनौती दिने मानिसलाई सनक्क सन्किएर पागल भन्ने गरेको पनि उहाँले बताउनुभयो ।

ओलीले विगतमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र चिकित्सक गोविन्द केसीलाई पनि पागल भनिसकेको उल्लेख गर्नुभयो । महामन्त्री थापाले ओलीलाई आफ्नो प्रशंशाको एकलाप सुन्ने बानि भएको भन्दै कांग्रेसको घोषणापत्रले उहाँको झुटको पर्दापास गरेकाले रिस उठेको बताउनुभयो । उहाँले ओलिलाई लजिक मन नपरेर म्याजिक मन पर्ने गरेको टिप्पणी गर्नुभयो । घोषणापत्रमा लजिकको कुरा भएको र म्याजिकको कुरा नभएकाले ओलीलाई मन नपरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘म त हिजो पार्टी कार्यालयमा थिएँ । मलाइ एउटा साथीले फोन गरेर भन्नुभयो दाई थाहा पाउनुभयो उहाँले मलाई भन्नुभयो एमाले अध्यक्ष ओलीजीले घोषणापत्रको बारेमा मुख छाड्नुभयो नि भन्नुभयो । अनि मैले उहाँलाई भने अरे बाबा सफा बोलेको भए, शालिन बोलेको भए पो समाचार हुनु । केपी ओलीले मुख छाड्नु भो भन्ने कुरा त नयाँ कुरा हुँदै भएन नि । जसको मुखमा अङगार छ । उसले ओकल्ने कालै हो । मुखमा अङगार भएकोले कालै ओकल्छ । मैले भने यो त कुनै नयाँ कुरा भएन । म त पार्टीको काममा थिए । त्यसपछि उहाँले भन्नुभयो, होइन तपाईलाई त उहाँले पागल भन्नु भयो, मैले भने ठिक छ । मैले उहाँलाई फेरी भने, तपाईलाई याद छ, केपी ओलीले को –कोलाई पागल भन्नु हुन्छ ? केपी ओली झुट बोल्नु हुन्छ । कोही आँट भएको मान्छेले आएर तपाई झुट बोल्दै हुनुहुन्छ भन्नु भयो भने सनक्क सन्केर पागल भन्नु हुन्छ । पहिला कसलाई भन्नु भएको थियो ? सुशीला कार्कीलाई । गोविन्द केसीलाई । सनक्क सन्किसकेपछि उहाँको मुखबाट निस्कने कुरा भनेकै जब उहाँको झुटलाई कसैले च्यालेन्ज गर्छ, फरेवलाई कसैले च्यालेन्छ गर्छ, उहाँले सबैभन्दा पहिला गाली गर्ने भनेकै पागल भनेर भन्ने हो । मैले भने ठिकै छ ।

यो पनि कुनै नौलो कुरा भएन । त्यसपछि मलाई के लाग्यो भने होइन, केही कुराहरु हाम्रो कन्टेन्टको बारेमा भन्नु भएको कि भन्ने लाग्यो । मलाई फेरी साथीले भन्नु भो, हैन, यसको जवाफ त फर्काउनु पर्छ । मैले उहाँलाई भने हेर्नुस, प्याच्च बोल्ने, आफ्नो प्रतिद्धन्द्धीको बारेमा त्यो कुण्ठाले भरिएको अभिव्यक्ति दिएर हलमा खित्का छोडेर आफ्नो समर्थक हाँसेर ताली बजाई सकेपछि दंग परेर बेलुका गएर भरपेट खाएर सुत्ने चाँही केपी ओली हो । हामी त्यो होइनौं । त्यसैले यसको मुखामुख गर्ने, जवाफ फर्काउने काम छोडिदिनुस । कन्टेन्टमा केही छन भने हामीले सिक्ने कुरा पनि होला । यत्रो वर्ष अनुभव गरेर आउनु भएको । प्रधानमन्त्री भएर आउनु भएको । हामीले कति गल्ती गरेका होलाऊ । कमजोरी गरेका होलाउ ।

कन्टेन्टका बारेमा उहाँले भनेको कुरा हामीले पढ्नुपर्छ । त्यसका बारेमा छलफल गर्नुपर्छ म बेलुका आउँछु भनेर भने साथीहरुको टिमसँग बेलुका भेटन गए । उहाँले बोलेको कुरा सुन्यौं । कन्टेन्टको बारेमा केही पनि छैन । अनि मैले अनुमान लगाएँ, बुढा राति उठेर पढेछन् पुरै । पृष्ठ–पृष्ठ पढेछन् । पढेर सुरु गर्नासाथै सुरुमै हामीले खेर गएको पाँच वर्ष भनेर लेखेका छौँ । के–के गर्नुभयो भनेर । नेपाली कांग्रेसले पाँच वर्ष खेर गएको ठाउँमा उहाँको भक्तिगान गाउने त कुरा भएन । स्तुतिगान गाउने कुरा त भएन । उहाँलाई त्यो आफ्नो प्रशंशाको एकलाप सुन्ने बानि भएको । एकपछि अर्को, एकपछि अर्को झुटको पर्दाफास गरेको कुराले सहन सक्ने कुरै भएन । सनक्क सन्कनुभयो । केपी ओलीलाई रिस उठ्यो भनेर सत्य बोल्न छोड्ने कुरो भएन ।

केपी ओलीलाई रिस उठ्यो भनेर उहाँको झुटलाई ठिक हो भन्ने कुरा भएन । केपी ओलीलाई रिस उठ्यो भनेर कालोलाई सेतो भन्नेकुरा भएन । सत्य बोलिराख्ने । भनिराख्ने । तर एउटा मात्र एडभाइस उहाँलाई के हो भन, बुढा बा धेरै सनक्क सन्किदै गर्दा कहिलेकाहीँ शरिरलाई अप्ठ्यारो गर्न सक्छ । यो त बोलिराख्ने भयौँ । भनिराख्ने भयौँ । झुटलाई झुट त भनिराख्ने भयौँ । यसका बारेमा ख्याल गर्नुहोला । शरिरको ख्याल गर्नुहोला । कन्टेन्टको बारेमा उहाँले कन्टेन्टमा केही पनि छैन भनिदिनुभयो । मैले यसो सोचे यो पनि ठिकै हो उहाँको ठाउँबाट । केपी ओलीलाई लजिक मन पर्दैन म्याजिक मन पर्छ । यो घोषणापत्रमा म्याजिकको कुरा छैन लजिकको कुरा छ । के गर्न सकिन्छ के गर्न सकिदैन भनेर लजिक । यहाँ मैले म्याजिकको कुरा गरेको छैन । म्याजिक छैन मन परेन होला ।’

उहाँले केपी ओलीलाई ट्युशन पढाउन बालकोट जाने बताउनुभयो । ओलीले आफुले अघि सारेको समुन्नत नेपालको अवधारणालाई चोरेको आरोप लगाएको भन्दै उहाँले आफ्नो समुन्नत नेपालको अवधारणा र ओलीको समृद्धिको अवधारणाको विचको फरकका बारेमा पढाउन बालकोट नै जानुपर्ने भएको बताउनुभयो । उहाँले ओलीको समृद्धिमा अहंकार भएको बताउनुभयो भने आफ्नो समुन्नत नेपालमा मानिसको जिवनमा भएको दुःखलाई समाधान गर्ने खोजि भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘अस्तिनै मेरो चुनाव लड्दै गर्दा महाधिवेशनको बेलामा पनि उहाँले यो सम्मुन्नत नेपाल भन्ने अवधारणा अगाडी सार्दै गर्दाखेरी यो मेरो आइडिया हो चो¥यो भन्नुभएको थियो । हिजो पनि चो¥यो भन्नुभएछ । मैले यसको बारेमा चाहीँ अब उहाँलाई पनि दौडधुप छ मलाई पनि दौडधुप छ ।

उहाँ अध्यक्ष म महामन्त्री हाम्रो आफ्नै भ्याइनभ्याइ छ । अलिकति भ्याएको बेलामा चाहीँ म बालकोटै गएर ट्युशन पढाउने हो । एउटा विषयमा त पढाउनैपर्ने भएको छ । पहिलो कुरा मैले उहाँलाई के भन्नुपर्ने भएको छ भने यो मेरो समृद्धिको आइडिया कसैले चोरेर लग्देला भनेर रातिपनि चोर्देला चोर्देला भनेर अनिदो नबस्नुस् । तपाईको आइडिया तपाइसँगै राख्नुस् । यो न मलाई चोर्नु छ । न कांग्रेसको कुनै साथीलाई चोर्नु छ । समृद्धि तपाईकै आइडिया हो । तपाइसँग राख्नुस् । तर एउटा कुरा बुझ्नुस् तपाईको समृद्धिमा अहंकारको भ्युटावर छ । अहंकारको भ्युटावरबाट हेर्दै गर्दा तल मान्छेहरु गान्टे देखिन्छ । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरबाट देखिने ति गान्टे मान्छेहरुको जिवनमा भएको दुःख छ । त्यो दुःखलाई कसरी हल गर्ने भन्ने समाधान छ । त्यसको खोजि छ । त्यसको प्रयत्न छ ।’

थापाले ओलीको समृद्धि र आफ्नो समुन्नत नेपालको अवधारणाको सम्बन्धमा नेकपा(एमाले)का नेताहरु सँग बसेर बहश गर्न तयार रहेको चुनौती पनि दिनुभयो । उहाँले स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।