५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वतन्त्र ढंगले उम्मेदवारी दिएकालाई फिर्ता लिन महामन्त्री थापाको आग्रह

स्वतन्त्र ढंगले उम्मेदवारी दिएकालाई फिर्ता लिन महामन्त्री थापाको आग्रह
file
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गर्नु भएको छ ।

महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भएको हो । नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरित उम्मेदवारी दिन नमिल्ने बताउनुभयो । त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उहाँले पटकपटक दोहोर्याउनु भयो । महामन्त्री थापाले पार्टी भित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहेपनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टी भित्र फरक मत मात्रै होईन । ठूलो भिन्न मत पनि छ । यसका बारेमा संघर्ष पनि भयो । त्यो संघर्ष छ र भोलीको दिनमा पनि रहन्छ । तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्विकार गर्ने हो । यसै गरेर पार्टीहरु निर्णय गरेर अघि बढिरहेका हुन्छन । हामी पार्टीलाई जिताउन चाहन्छौं, पार्टीको निर्णयलाई कार्यान्वयन गराउन चाहन्छौं । तर यस पछाडि फेरी छलफल हुन्छ । फेरी बहस हुन्छ । यो विषय ओझेलमा राखिन्न । एउटा, एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ ।

प्रदेशलाई, गाउँलाई, जिल्लालाई निर्णय गर्न दिइएको कुरा उचित भएको कि भएन । पार्टीको विधानको बारेमा छलफल हुन्छ । नियतका बारेमा छलफल हुन्छ । कैयन ठाउँबाट हामी कहाँ निवेदन आएका छन । प्रदेश कमिटीले समयले निर्णय नगर्दाखेरी भएका अप्ठ्याराका बारेमा कुरा आएका छन । कैयन ठाउँहरुमा जिल्ला कार्य समितिले क्षेत्रीय समितिलाई उजुरीहरु संकलन गरिरहेका छौं । दोषीमाथि कारबाही गर्छौैं । तर आज म पार्टीका साथीहरुलाई यहीबाट आह्वान गर्न चाहन्छु–जव पार्टी एउटा निर्णय गरेर निर्वाचनमा होमिन्छ । त्यो भन्दा अगाडिसम्म आफ्ना मतभेदहरु हुन्छन । चुनाव पछाडि फेरी ती विषयमा मतभेदहरु हुन्छन । तर चुनावमा होमिईसके पछि त पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ । सम्मान गर्नुपर्छ । म देशभरीका पार्टीका साथीहरु, जसले अहिले पार्टीको निर्णय भन्दा बाहिर गएर स्वतन्त्र ढंगले उम्मेदवारी दिनु भएको छ । म तमाम ती साथीहरुलाई महामन्त्रीको रुपमा अनुरोध गर्न चाहन्छु–हामीसँग अरु २ दिनको समय बाँकि छ ।

म तपाईहरु सबैलाई अनुरोध गर्न चाहन्छु–यो पार्टीमा हामीहरु पनि छौं । तपाईहरुमाथि भएको एउटाएउटा अन्यायको हिसावकिताव हुन्छ । तपाईहरुमाथि जसलाई विभेद भएको छ । त्यसको एउटाएउटा हिसावकिताव हुन्छ । तपाईहरुको यसको क्षतिपूर्ति पनि गर्नेगरीकन न्यायको निर्णय पनि हामी गराउने त्यो ठाउँसम्म पनि हामी पु¥याउँछौं । तर पार्टीका साथीहरुलाई यो विन्दुमा पनि आग्रह गर्न चाहन्छु–म यो निर्वाचनको बारेमा मात्रै चिन्ता गरेर भनिराखेको छैन । निर्वाचनको परिणामलाई चिन्ता गरेर मात्रै भनिराखेको होइन । पार्टीको एउटा कर्मठ साथी एउटा आवेगको निर्णयले पार्टीको निर्णयभन्दा बाहिर गएर अहिले उम्मेदवारी दिँदै गर्दाखेरी एउटा कुनै ठाउँमा निर्वाचन हारौला पनि । तर कोही ठाउँमा फरक पनि नपर्ला तर कुरा त्यो होईन ।

कुरा पार्टीको एउटा कर्मठ साथी आवेशको निर्णयबाट पछाडि फर्केर आउने ठाउँ रहँदैन । एक पटक पार्टीको निर्णय उलंघन गरिसकेपछि फर्केर आएका साथीहरुको मैले अवस्था देखेको छु । त्यसपछाडि एउटा संसदीय निर्वाचनमा, एउटा स्थानीय निर्वाचनमा बाहिर गईसकेपछि फेरी सहजतापूर्वक पार्टीको यात्रा अगाडि बढाउनेकुरा गाह्रो भएको छ । मैले यो पटक देखेको छु । अघिल्लो पटक बागी उम्मेदवार दिएका साथीहरुलाई उम्मेदवार बनाउन चाहन्थ्यौं । जिल्ला कमिटीले निर्णय पनि गर्यो ।

आज हामीले पार्टीबाट त्यो निर्णय खारेज गर्नु परेको छ । किनकी पार्टीको कारबाही फुकुवा भएको छैन । त्यो अवस्था आउने रहेछ । त्यसैले म तमाम पार्टीका कर्मठ साथीहरुलाई आग्रह गर्न चाहन्छु–तपाईहरुका जायज असन्तुष्टि सम्बोधन गर्ने जिम्मेवारी लिएर आएको छु । तपाईहरुले मलाई देख्नु भएको छ, नजिकबाट हेर्नु भएको छ । मैले आफ्नो विचार पार्टी भित्र राख्दै गर्दाखेरी मेरो विचार पार्टीको विचार बनाउन नसक्दाखेरीको अवस्थामा पार्टीको निर्णयलाई मानेर पार्टीको निर्णय कार्यान्वयन गराउन म हिँडिराखेको छु । म एउटा पार्टीको कार्यकर्ता हुँ । कैयन बेला मेरो निर्णय पार्टीको निर्णय भएको छ ।’

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताउनु भयो । अन्यथा पार्टीमा फेरी फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उहाँले स्मरण गराउनु भयो ।