५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मूल्य बढाएर खानेपानीको बिक्री वितरण नगर्न आग्रह

मूल्य बढाएर खानेपानीको बिक्री वितरण नगर्न आग्रह
अ+ अ-

नेपालगञ्ज । बाँकेका अधिकांश खानेपानी उद्योग मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । ती उद्योगले खानेपानीको मनपरी मूल्य लिएको जनाउँदै मूल्य नियन्त्रणका सम्बन्धीत पक्षको ध्यानाकर्षण गराइएको छ ।

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले मूल्य तोकिएको मूल्य भन्दा बढाएर खानेपानीको बिक्री वितरण नगर्न आग्रह गर्दै त्यस्तो पाइए कारबाही गरिने बताउनुभयो ।

पानी सङ्घ बाँकेका अध्यक्ष विनय श्रेष्ठले सम्पूर्ण पानी उद्योग तथा व्यवसायीलाई सरकारले एकरूपताका साथ व्यवहार गर्नुपर्ने उल्लेख गर्दै सङ्घमा आवद्ध उद्योगी र व्यवसायीले प्रशोधित खानेपानीको स्वच्छता र गुणस्तरमा लापरबाही हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ अनिवार्य रूपमा सबै पानी उद्योगले पालना गर्नुपर्ने र खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार पानीको बोटल र जारमा ‘लेबलिङग’ नगरेको पाइएमा, त्यस्ता उद्योग कारबाहीमापर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पानी उद्योगीले नाफा मात्रै नहेरेर गुणस्तर र स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड दिँदै ८० प्रतिशत रोग प्रदूषित पानीका कारण लाग्ने भएकाले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनु अधिकार हो भन्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले पानीको मूल्यमा एक रुपता नभएको र खुद्रा बिक्रेताले निश्चित मूल्य भन्दा बढी मूल्यमा पानी बिक्री वितरण गरेको पाइएकोले यसको रोकथाम आवश्यक भएको बताउनुभयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृतद्वय अमित भूषणसुमन र प श्रेष्ठले प्रस्तुत गरेको पानीको गुणस्तर र स्वच्छता र प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ सम्बन्धी दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।