• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

मूल्य बढाएर खानेपानीको बिक्री वितरण नगर्न आग्रह



नेपालगञ्ज । बाँकेका अधिकांश खानेपानी उद्योग मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । ती उद्योगले खानेपानीको मनपरी मूल्य लिएको जनाउँदै मूल्य नियन्त्रणका सम्बन्धीत पक्षको ध्यानाकर्षण गराइएको छ ।

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले मूल्य तोकिएको मूल्य भन्दा बढाएर खानेपानीको बिक्री वितरण नगर्न आग्रह गर्दै त्यस्तो पाइए कारबाही गरिने बताउनुभयो ।

पानी सङ्घ बाँकेका अध्यक्ष विनय श्रेष्ठले सम्पूर्ण पानी उद्योग तथा व्यवसायीलाई सरकारले एकरूपताका साथ व्यवहार गर्नुपर्ने उल्लेख गर्दै सङ्घमा आवद्ध उद्योगी र व्यवसायीले प्रशोधित खानेपानीको स्वच्छता र गुणस्तरमा लापरबाही हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ अनिवार्य रूपमा सबै पानी उद्योगले पालना गर्नुपर्ने र खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार पानीको बोटल र जारमा ‘लेबलिङग’ नगरेको पाइएमा, त्यस्ता उद्योग कारबाहीमापर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पानी उद्योगीले नाफा मात्रै नहेरेर गुणस्तर र स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड दिँदै ८० प्रतिशत रोग प्रदूषित पानीका कारण लाग्ने भएकाले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनु अधिकार हो भन्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले पानीको मूल्यमा एक रुपता नभएको र खुद्रा बिक्रेताले निश्चित मूल्य भन्दा बढी मूल्यमा पानी बिक्री वितरण गरेको पाइएकोले यसको रोकथाम आवश्यक भएको बताउनुभयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृतद्वय अमित भूषणसुमन र प श्रेष्ठले प्रस्तुत गरेको पानीको गुणस्तर र स्वच्छता र प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ सम्बन्धी दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।