५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार

नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार
अ+ अ-

त्रिशूली । स्थानीय तह निर्वाचन २०७९ को लागि नुवाकोटमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १२ पालिकासहित ८८ वडाको ४६४ पदमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका अनुसार विदुर नगरपालिकामा ६७ पदका लागि २७६, बेलकोटगढी नगरपालिकामा ६७ पदका लागि ३२१, दुप्चेश्वर गाउँपालिकामा ३७ पदका लागि १४३, पञ्चकन्या गाँउपालिकामा २७ पदका लागि १३१, तादी गाउँपालिकामा ३२ पदका लागि १६० जनाले उम्मेदवारी दिएका छन् ।

सूर्यगढी गाउँपालिकामा २७ पदका लागि १२१, ककनी गाउँपालिकामा ४२ पदका लागि २१४, शिवपुरी गाउँपालिकामा ४२ पदका लागि १७२, तारकेश्वर गाउँपालिकामा ३२ पदका लागि १२५, म्यागङ गाउँपालिकामा ३२ पदका लागि १३५, किस्पाङ गाउँपालिकामा २७ पदका लागि १११, लिखु गाउँपालिकामा ३२ पदका लागि १६२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विदुर नगरपालिकाको प्रमुखमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ११ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ । विदुर नगरपालिकाको १३ वटा वडामा ६२ जनाको उम्मेदवारी परेको छ ।

बेलकोटगढी नगरपालिकामा नगरप्रमुखमा नौजनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा पाँचजनाको उम्मेदवारी परेको छ । १३ जना वडाध्यक्ष पदमा ७५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुप्चेश्वर गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाँच र सातवटा वडाबाट वडाध्यक्ष पदमा ३४ जनाको उम्मेदवारी परेको छ । पञ्चकन्या गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र पाँचवटा वडाको वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी परेको छ । तादी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा १४, सूर्यगढी गाउँपालिकामा अध्यक्षमा ६, उपाध्यक्षमा पाँच र पाँचवटा वडाको वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । ककनी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात र आठवटा वडाको वडाध्यक्ष पदमा ५० जनाको उम्मेदवारी परेको छ । जिल्लाको शिवपुरी गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा चार र आठवटा वडाको वडाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ । तारकेश्वर गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाको म्यागङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा सात–सात र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी परेको छ । यस्तै, किस्पाङ गाउँपालिकाको अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाचँ र पाँचवटा वडाबाट वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको छ । लिखु गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटको दुई नगरपालिका र दसवटा गाउँपालिकाको विभिन्न ८८ वटा वडामा दुई–र्दुइ पद रहेको खुला सदस्यका १७६ पदमा ७७१, ८८ वटा वडामा एक–एकजना हुने महिला सदस्य पदमा ३७३ र ८८ वटा वडामा एक–एकजना हुने दलित महिला सदस्य पदमा ३११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारहरुको यो प्रारम्भिक नामावली भएकाले दाबी विरोधको कारबाही र उम्मेदवार स्वयम्ले नाम फिर्ता लिने समयसीमा अझै बाँकी रहेकाले अन्तिम नामावलीमा यो सङ्ख्या केही घट्ने निर्वाचन कार्यालयले जनाएको छ ।