१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते

९० घरमा ‘एक घर एक धारा’

९० घरमा ‘एक घर एक धारा’
अ अ+ अ-

तम्घास । खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कूल ९० घरमा खानेपानीको धारा जडान भइसकेका छन् । 

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शनिबार ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गर्नुभयो । अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको उहाँले बताउनुभयो । 

अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस क्षेत्रका स्थानीयवासी खुशीले दङ्ग परेका छन् । गोपेकी कुन्ता खत्रीलाई पहिले एक गाग्रो पानी लिन एक घण्टा लाग्थ्यो । उहाँ जुकेपानी, पानीकुन्टा वा खजुरेमा गएर पानी ल्याउनुहुन्थ्यो । तर अहिले घरमै धारा आएसँगै सहज भएको उहाँले बताउनुभयो । “घरमै पानी आउला भन्ने कहिल्लै सोचेका थिएनौँ”, उहाँले भन्नुभयो, “अहिले जीवनशैलीमै धेरै परिवर्तन आइसकेको छ ।” 

अर्की स्थानीयवासी पवित्रा पोखरेलले जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेको बताउनुभयो । “स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले पानी ल्याइदिने आश्वासन दिएर भोट मागेका हुन्”, उहाँले भन्नुभयो, “अहिले वाचा पूरा गरेको देखिन्छ ।” घरमा पानी आएसँगै घरका आधा काम घटेको र उक्त समयमा अन्य काम गर्न पाएको उहाँको भनाइ छ । 

सो खानेपानी आयोजनाका पूर्वसचिव एवम् पालुखा माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले घरमै पानी आएसँगै विद्यार्थीको शैक्षिक भविष्यमा समेत सुधार आउने बताउनुभयो । “पानी बोक्ने समय विद्यार्थीले पढाइमा लगाउन सक्छन्”, उहाँले भन्नुभयो, “खानेपानी अभावका कारण विद्यार्थी ढिला गरी विद्यालय आउने गरेको समस्या अब अन्त्य हुनेछ ।” घरमा पानी आएसँगै अहिले स्थानीयवासीले खेतबारीमा तरकारी लगाउन थालेको प्रधानाध्यापक खत्रीले बताउनुभयो । 

जैसिथोक लिफ्ट खानेपानी योजना, रौताडी र गोपे स्कीमअन्तर्गत गोपे स्कीम आयोजनाबाट ९० घरधुरीमा पानीको धारा पुगेको हो । २०७१ सालमा सुरु भएको सो योजनामा अहिलेसम्म रु तीन करोड ३५ लाख खर्च भइसकेको बताइएको छ । जुकेपानी, पानीकुन्टा र खजुरेबाट लिफ्टिङ प्रविधिबाट पानी ल्याइएको छ । सबैभन्दा टाढा पनाहा खोला नजिकबाट पाँच सय मिटरमाथि ट्याङ्कीमा पानी ल्याइएको आयोजनाका रौताडी स्कीमका अध्यक्ष पूर्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले खानेपानी पुगेसँगै बसाइँसराइ रोकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ आफूहरु उन्मुख रहेको बताउनुभयो । तर इस्मा गाउँपालिकाका नागरिकका घरमा पानीको धारा नपुग्दा इस्मामा कुनै बजेट विनियोजन नगर्नु दुःखद रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले घरमा पानी पुगेसँगै अब सरसफाइ गर्ने, घरमै हरियो तरकारी उत्पादन गर्नुपर्ने धारणा राख्नुभयो । 

खानेपानी योजनाका लागि जग्गा उपलब्ध गराउने फूलकुमारी दर्जी, पदमबहादुर खत्री, दामोदर पोखरेल, तील कुमारी खत्री, चुरामणि कोइराला र निर्मला खत्रीलाई सो कार्यक्रममा सम्मान पनि गरिएको थियो ।