११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा अध्यक्षमा विजयी भएमा सरकारी सेवा नलिने अभिनेता घिमिरेको घोषणा



अ+ अ-

काठमाडौं । अभिनेता राज घिमिरेले आफू वडा अध्यक्षमा निर्वाचित भएमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने उल्लेख गरेका छन् ।

‘म विजयी भएपश्चात ५ वर्षसम्म कुनैपनि सरकारी सवारी साधनको सुबिधा, तलब, भत्ता, सेवा सुविधा लिने छैन’ उनले भनेका छन् ‘त्यो रकमले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु ।’

घिमिरे नेकपा माओवादी केन्द्रका तर्फबाट गोदावरी नगरपालिका वडा नं ३ को वडा अध्यक्ष उम्मेदवार छन् । गत स्थानीय निर्वाचनमा पनि उनी गोदावरी नगरपालिका वडा नं ३ को नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।

फिल्म ‘चपली हाइट’बाट अभिनेताको रुपमा परिचित उनी पछिल्लो समय समाजसेवामा लागिपरेका छन् ।