५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उम्मेदवारको चुनावी कार्यसूची: सफा र सुन्दर नगर बनाउनेदेखि भ्रष्टचार अन्त्य गर्नेसम्म

उम्मेदवारको चुनावी कार्यसूची: सफा र सुन्दर नगर बनाउनेदेखि भ्रष्टचार अन्त्य गर्नेसम्म
अ+ अ-

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले समृद्ध सफा जनकपुरधाम नगर बनाउने कार्यसूचीलाई अघि सारेका छन् । जनकपुरधामलाई सुन्दर, सफा नगर बनाउनेदेखि भ्रष्टाचार अन्त्य गर्नेसम्मको कार्यसूची लिएर जनतामा जाने विभिन्न दल तथा स्वतन्त्ररुपमा उम्मेदवार मनोनयन दत्र्ता गराएका उम्मेदवारले बताएका छन् ।

मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिको रुपमा विकास गर्ने कार्यसूचीलाई मुख्य बनाउने उहाँहरुको भनाइ छ । ‘‘जनकपुरधाम सुन्दर र समृद्ध बन्ने दिशामा अघि बढिसकेकाले यसलाई सफल पार्ने मेरो कार्यसूची छ”,सत्तारुढ साझेदार दलको तर्फबाट जनकपुरधामको नगरप्रमुख उम्मेदवारी दिनुभएका निवर्तमान नगरप्रमुख लालकिशोर साहले भन्नुभयो, ‘‘ जनकपुरधाम समग्र रुपान्तरणको बाटोमा अघि बढेको छ, यसलाई पूर्णता दिने मेरो लक्ष्य छ ।”

त्यही लक्ष्य र कार्यसूचीका साथ आफू पुनः नगरप्रमुखमा उम्मेदवारी दिएको उहाँको भनाइ थियो । ‘‘मेरो पाँच वर्षे कार्यकालमा उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ” उहाँले भन्नुभयो,‘‘४०-५० किलोमिटर सडक विस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वार्डमा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पिसिसी ढलान लगायतका थुप्रै काम भएका छन् ।”यसलाई थप पूर्णता दिन उपमहानगरमा आफ्नो नेतृत्व आवश्यक छ, उहाँले भन्नुभयो ।

डम्पिङ साइड निर्माण नहुँदा सरसफाइको समस्या भोग्दै आएका जनकपुरधाम नगरवासीलाई आफू निर्वाचित भएको एक महिनाभित्र सरसफाइको समस्याबाट छुटकारा दिलाउने नेकपा ९एमाले०का तर्फबाट नगरप्रमुखका उम्मेदवार शिवशङ्कर साहले बताउनुभयो । ‘‘म निर्वाचित भएको एक महिनाभित्र डम्पिङ साइड निर्माण गरी फोहरमैला व्यवस्थापन गर्छु”, उहाँले भन्नुभयो,‘‘अहिले जनकपुरधाममा देखिएको मुख्य समस्या सरसफाइ नै हो, त्यसमा सुधार ल्याउनु आफ्नो पहिलो प्राथमिकता हो ।”

नगरक्षेत्रको सरसफाइलाई जोड दिँदै सफा र सुन्दर जनकपुर नगर बनाउनु नै आफ्नो उम्मेदवारीको उद्देश्य रहेको उहाँको कथन थियो । पछिल्लो समय बढ्दै गएको आर्थिक अपारदर्शी र भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम गर्नु पनि आफ्नो कार्यसूची रहेको उहाँले बताउनुभयो । निरन्तर खस्किँदै गएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयतामा सुधार ल्याउँदै निजी विद्यालय जस्तै सामुदायिक विद्यालयकोस्तर उकास्ने आफ्नो चुनाबी कार्यसूची भएको जनमत पार्टीबाट नगरप्रमुखको पदमा उम्मेदवारी दिनुभएका अनिता साहले सुनाउनुभयो ।

‘‘जनकपुरधाम नगरक्षेत्रको शिक्षा र स्वास्थ्यको गुणस्तरियता खस्किएको छ”, उहाँले भन्नुभयो,‘‘त्यसमा सुधार ल्याउँदै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने मेरो योजना छ ।” चुनाब जिते लगत्तैबाट यो योजनालाई कार्यान्वयनमा लैजाने छु, उहाँको कथन छ । धार्मिक पर्यटकीय नगरीको रुपमा परिचित जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट जनकपुरधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवार मनोज चौधरीको योजना छ ।

‘‘सफा जनकपुर, सुन्दर जनकपुर र हरियाली जनकपुर बनाउने मेरो योजना छ”, उहाँले भन्नुभयो,‘‘ यसबाहेक शिक्षा, स्वास्थ्यकोस्तर उठाउने र नगरक्षेत्रको सरसफाइको अवस्थामा सुधार गर्ने छु ।” यसका लागि नगरवासीसँग हातेमालो गरी अघि बढ्ने उहाँको प्रतिबद्धता छ । अधिकांश उम्मेदवारले नगरक्षेत्रको स्वास्थ्य, शिक्षा र सरसफाइलाई प्रमुख एजेन्डा बनाएर प्रचारप्रसार गरिरहँदा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्ररुपमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका मनोज साहले जनकपुरधाम विमानस्थलको स्तरोन्नति र ग्रामीण ‘कनेक्टिभिटी’लाई प्राथमिकतामा राख्नुभएको छ ।

‘‘अहिलेसम्म जनकपुरधाम विमानस्थलकोस्तर बढ्न सकेको छैन्”, उहाँले भन्नुभयो,‘‘ यो विमानस्थलमा अहिले आन्तरिक उडान मात्र हँुदै आएको छ, यसको स्तरोन्नति गरी बाह्य वा अन्तर्राष्ट्रिय उडान गर्नेस्तरसम्म पुर्‍याउछु ।” यसका लागि आफूले अवसर पाउनुपर्ने उहाँको कथन थियो ।

विभिन्न सामाजिक अभियान चलाउँदै आएको अर्का स्वतन्त्र उम्मेदवार बैधनाथ साहाले जनकपुरधाम नगरक्षेत्रका धार्मिक पोखरी, कुण्ड र तलाउको स्तरोन्नति गरी पर्यटन प्रवद्र्धन गर्ने एजेन्डाका साथ चुनाबी प्रतिस्पर्धामा आएको बताउनुभयो ।

यसबाहेक रोजगारीको अवस्था सिर्जना गरी स्वरोजगार बढाउने योजना आफूुसँग रहेको उहाँले भन्नुभयो । यसरी जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वको दौडमा सहभागी नगरप्रमुखका उम्मेदवारले मतदातालाई आकर्षित गर्न थरिथरिका कार्यसूची बनाएका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरको प्रमुख पदमा २१ र उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।