४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रियल मड्रिडलाई म्यान्चेस्टर सिटीले ४–३ ले हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल खेल अन्तर्गत पहिलो चरणमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले घरेलु मैदान इतिहाडमा रियललाई ४–३ गोलले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा नै सिटीले केभिन डी ब्रुएनाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

११ औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई २–१ को स्थितीमा ल्याए । ५३ औं मिनेटमा फिल फोडेनले गोल गर्दा सिटी ३–१ को अवस्थामा रह्यो ।

तर, ५५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई ३–२ को अवस्थामा ल्याए । उता, बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ४–२ गोलको अग्रता दिलाए ।

८२ औं मिनेटमा रियलले पेनाल्टी पायो । कप्तान बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा पुर्याए ।

अब यी दुईटीमबीच दोस्रो चरणको खेल मे ५ मा हुनेछ ।