११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन अपडेट: १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी



अ+ अ-

काठमाडौंः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिन चाहने उम्मेदवारका लागि यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने व्यवस्था गरेको थियो ।

प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

मनोनयनको ढाँचा हेर्दा प्रमुख तथा अध्यक्ष पदका आकांक्षीहरुमा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारहरुको संख्या पनि अरु दलभन्दा बढी छ ।