५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सत्तरी प्रतिशतभन्दा बढि नयाँ मतदाताहरु एमालेको पक्षमा – शंकर पोखरेल

सत्तरी प्रतिशतभन्दा बढि नयाँ मतदाताहरु एमालेको पक्षमा – शंकर पोखरेल
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तरी प्रतिशतभन्दा बढि नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने दावी गर्नु भएको छ ।

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्क समेत गर्नु भयो । स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरुले ‘आई लभ यू केपी बा’ भन्ने गरेको बताउनु भयो । अव आउने स्थानीय निर्वाचनसहितका तीन वटै तहको निर्वाचनबाट आफ्नो पार्टीले सरकार बनाउने समेत महासचिव पोखरेलले दोहोर्यानुभयो ।

उहाँले भन्नु भयो, ‘करिव ३५/३६ लाख नयाँ मतदाताहरु थपिएका छन । नयाँ मतदाताहरुका बीचमा एउटा सर्वेक्षण ग¥यौं हामीले । त्यो सर्वेक्षणको नतिजा के आयो त भन्दाखेरी करिव ७० प्रतिशत नयाँ मतदाताहरु नेकपा एमालेप्रति झुकाव राख्ने मतदाताको रुपमा प्रकट भएको छ । र, वास्तवमा भन्नुहुन्छ भने हाम्रो पार्टी अध्यक्षको राष्ट्र निर्माणको सन्दर्भमा जुन प्रकारका भिजनहरु प्रस्तुत गर्नु भएको छ । त्यसले सबभन्दा धेरै कसलाई छोएको छ भन्दाखेरी नयाँ मतदाताहरुलाई छोएको छ । ‘आई लभ यू केपी बा’ भन्ने कुरा त्यसै प्रकट भएको भावना होईन । राष्ट्र निर्माणको भावनाको रुपमा हाम्रो अध्यक्षमाथिको सम्मानको रुपमा प्रकट भएको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।’

महासचिव पोखरेलले सत्तारुढ काँग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको पनि बताउनु भयो । काँग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उहाँको भनाई थियो । महासचिव पोखरेलले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भईसकेको जिकीर गर्नु भयो । उहाँले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रर्दशन गरेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नु भयो, ‘नेकपा एमालेसँग सत्तामा रहेका सत्तारुढ दलहरुले एक्लै चुनाव लडने आँट गरेनन् । नेपालको सबभन्दा पूरानो पार्टी भन्ने नेपाली काँग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ । र, उसले चुनाव लड्नका लागि पनि अरुको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ । अव नेपालमा सबभन्दा ठूलो पार्टीको रुपमा, राष्ट्रिय शक्तिको रुपमा एमाले आएको छ भन्ने कुरा यो निर्वाचनले स्थापित गरेको छ भन्ने कुरा म राख्न चाहन्छु ।’

महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढि विधि र प्रक्रिया उलंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल रहेको टिप्पणी समेत गर्नु भयो । उहाँले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि दोहो¥याउनु भयो ।