५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेस प्रवक्ताको आरोप

ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेस प्रवक्ताको आरोप
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाउनु भएको हो । ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको भन्दै उहाँले खेद् प्रकट गर्नुभयो । ओलीले आपत्तिजनक शब्दहरु प्रयोग गर्दापनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो – ‘आचारसंहितालाई धज्जी उडाएर आफुखुशी, मनलागी अत्यन्त अत्यन्त तल्लो स्तरबाट जसरी कुराकानी आइराख्या छ । स्वयम् पूर्वप्रधानमन्त्रीको मुखबाट जस्तो किसिमको शब्द केही समय अगाडी उहाँले बोल्ने क्रममा हाम्रो घोषणापत्रलाई लिएर, हाम्रो पार्टीलाई लिएर जस्ता शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ । र यो निर्वाचन आयोगले यस सम्बन्धमा हामी गम्भिर रुपमा ध्यानाकर्षण गराउन चाहान्छौँ ।

नेपाली कांग्रेस पार्टीले एकदम शालिनतापूर्वक राखेका विषयमा पनि यहाँ पत्र आइहाल्छ । तर यस्तो घोर आपत्तिजनक बोल्नै नमिल्ने आचारसंहिताको बेलामा मात्रै होइन अघिपछि पनि बोल्न नमिल्ने अभिव्यक्तिहरु आइराख्या छन् तर केही पनि नभएको जस्तो रुपमा उहाँहरुलाई मात्रै यो जे पनि बोल्ने, गर्ने छुट भएजसरी जुन आएको छ यसकाप्रति पनि हामी गम्भिर ध्यानाकर्षण गर्न चाहान्छौँ ।’

एमाले अध्यक्ष ओलीले मंगलबार नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गर्नुभएको थियो । प्रवक्ता महतले ओलीको सोही टिप्पणीप्रति असन्तुष्टि जनाउनुभएको हो । उहाँले निर्वाचनमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरुको व्यापक प्रचार–प्रसार गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुुभयो ।