५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रदेश १ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै

प्रदेश १ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै
तस्बिरः रेडियो नेपाल
अ+ अ-

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ मोरङद्वारा आयोजित तेस्रो त्रैमासिक (नौ महिनाको) समीक्षा गोष्ठी आज सम्पत्र भएको छ ।

स्वदेशी पूँजी, स्वदेशी सीप र श्रमलाई उच्चतम प्रयोग गर्न तथा चकलाबन्दी खेती गरी बालिमा विविधता ल्याउन प्रमुख उद्देश्य रहेको सो गोष्ठीमा प्रदेशका १४ जिल्लाका परियोजना कार्यान्वय एकाइका प्रमुखहरुको सहभागिता थियो ।

कार्यक्रममा परियोजना कार्यान्वय एकाइ मोरङका प्रमुख रामबलमप्रसाद साहले प्रदेशभरिको नौ महिनाको प्रगति विवरण पेस गर्नुभएको थियो भने परियोजना व्यवस्थापन एकाइ काठमाडौँका विज्ञ तीर्थराज श्रेष्ठ र प्रदेश नं १ कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेलले परियोजनाको विविध पक्षमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विसं २०७३ देखि सञ्चालित परियोजनाको अवधि १० वर्षको रहने र यस वर्ष प्रदेश नं १ मा वित्तीय प्रगति ३१ दशमलव चार प्रतिशत मात्र रहेको बताइएको छ । ब्लक, जोन र सुपर जोन रहेको प्रदेशमा अहिलेसम्म परियोजनाले ३१ हजार ८९ हेक्टर जग्गामा विविध बालीले प्राथमिकता पाएको जनाइएको छ ।

व्यवस्थापन एकाइ काठमाडौँका विज्ञ तीर्थराज श्रेष्ठले आफ्ना कार्यपत्रमार्फत परियोजना ७७ जिल्लामै सञ्चालित रहेको, बाली विशेषको जोन, सुपर जोन सङ्ख्याअन्तर्गत सुपर जोन १६, जोन १७७, आर्थिक वर्ष २०७८÷७९ मा विनियोजित बजेत रु सात अर्ब ८३ करोड, जोन÷सुपरजोन सङ्घीय निकाय रु तीन अर्ब तीन करोड १९ लाख रहेको बताउनुभयो । साथै ब्लकतर्फ रु दुई अर्ब दुई करोड ९० लाख, ब्लक ९९९, कृषि ब्लक ८४६ र पशु सेवाको ब्लक १५३, पकेटतर्फ रु दुई अर्ब ७६ करोड ९१, स्थानीयतर्फ पकेटको सङ्ख्या तीन हजार २६४ मा कृषि पकेट दुई हजार ३०८ र पशु सेवाको पकेट ९७६ रहेको जानकारी दिनुभयो ।

प्रदेश नं १ का कृषि सचिव मेघनाथ तिमल्सेनाले दक्ष जनशक्ति नभएसम्म खोजेअनुसारको प्रगति हासिल नहुने भन्दै कृषिमा लगानी गरेर प्रशस्त रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।

उहाँले तीन तहकै सरकारले कृषिलाई अपनत्व बनाउनुपर्ने सुझाव दिँदै अनेक चुनौतीको बाबजुद पनि कृषि अघि बढेको र यसमा उद्योग मन्त्रालयले पनि अग्रसरता देखाउनुपर्नेमा जोड दिनुभयो ।

एक्लैबाट कृषि सम्भव नभएकाले सहकारीको अवधारण आएको बताउँदै सचिव तिमल्सेनाले भत्रुभयो, “किसानको आर्थिक रुपान्तरण गर्न र देशलाई समृद्ध बनाउन कृषिलाई उच्च प्राथमिकता राख्नै पर्छ ।” बीमा समेतको उलब्धतता, अनुदान समेतको व्यवस्था भएको कृषिमा युवालाई आकर्षित गराउन सहुलित क्रृणको पनि व्यवस्था भएको भन्दै सचिव तिमल्सेनाले सबै किसिमको बाली उत्पादन गर्न सिँचाइ सुविधा हुनुपर्छ भत्रुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सेनाले उत्पादनमा आत्मनिर्भर बनाउन कृषिमा युवाहरुलाई प्रवेश गराउनुपर्ने भन्दै कृषि आम नागरिकको रुचि बत्रुपर्ने सुझाव दिनुभयो ।