• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

स्थानीय तहको निर्वाचन अपडेट: १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी



काठमाडौंः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिन चाहने उम्मेदवारका लागि यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने व्यवस्था गरेको थियो ।

३ हजार ४३० जनाले प्रमुखमा, ३ हजार ३६३ जनाले अध्यक्षमा, २ हजार ९७ जनाले उपप्रमुखमा, २ हजार ३८२ जनाले उपाध्यक्षमा, ३४ हजार ३५७ जनाले वडा अध्यक्षमा, २५ हजार ३४५ जनाले महिला सदस्यमा, २२ हजार ८९९ जनाले दलित महिला सदस्यमा र ५३ हजार ४०१ जनाले सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ I

आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाले उम्मेदवारी दिएका छन् ।

मनोनयनको ढाँचा हेर्दा प्रमुख तथा अध्यक्ष पदका आकांक्षीहरुमा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारहरुको संख्या पनि अरु दलभन्दा बढी छ ।