४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

म्याग्दीमा दुई सय ३७ पदका लागि ७६८ जनाको उम्मेदवारी दर्ता

म्याग्दीमा दुई सय ३७ पदका लागि ७६८ जनाको उम्मेदवारी दर्ता
अ+ अ-

गलेश्वर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको मनोनयन दर्तामा म्याग्दीका ६ वटै स्थानीय तहका विभिन्न पदमा ७६८ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकाको ५२ पदमा १७९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका कृष्णप्रसाद शर्माका अनुसार नगरप्रमुखमा ८, उपप्रमुखमा सात, वडाध्यक्षमा ३८, महिला वडा सदस्यमा ३१, दलित महिला सदस्यमा २९, खुल्ला वडा सदस्यमा ६६ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

नगरप्रमुखमा नेपाली कांग्रेसबाट चिरञ्जीवी शर्मा, एमालेबाट सुरत केसी, माओवादी केन्द्रबाट धनलाल जैसी, एकीकृत समाजवादीबाट कृष्णकुमार विश्वकर्मा, राप्रपाबाट मीनाकुमारी शर्मा सापकोटा, मङ्गोल नेशनल अर्गनाइजेशनका नरबहादुर थापा र स्वतन्त्रबाट धनबहादुर श्रीषले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यसैगरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन, वडाअध्यक्षमा २३, खुल्ला वडा सदस्यमा ३५, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १६ जनाको मनोनयन दर्ता भएको अन्नपूर्ण गाउँपालिकाका निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो ।

अन्नपूर्णमा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट बलबहादुर तिलिजा पुन, नेकपा एमालेका भरतकुमार पुन, राप्रपाका तीर्थबहादुर खड्का र नेशनल मङ्गल अर्गनाइजेशनका रामबहादुर गर्वुजाले मनोनयन दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्नपूर्णले जानकारी दिएको छ ।

यसैगरी पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा विभिन्न २७ पदका लागि विभिन्न राजनीतिक दलहरुबाट गरी १०५ जनाको उम्मेदवारी दर्ता भएको छ । मङ्गला गाउँपालिकामा खटिनुभएका निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार अध्यक्षमा ६, उपाध्यक्षमा सात, वडाध्यक्षमा २० र सदस्यमा ७२ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा एमालेबाट सतप्रसाद रोका, कांग्रेसबाट वीरेन्द्र बुढाथोकी, माओवादी केन्द्रबाट टेकबहादुर विक, राप्रपाका योगेन्द्रमान शेरचन, नेशनल मङ्गोल अर्गनाइजेशनका गिरु रोका र नेकपा एकीकृत समाजवादीका रुद्रबहादुर किसानले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

यसैगरी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्वाचित हुने ३७ पदका लागि ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

अधिकृत खत्रीका अनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट प्रेमप्रसाद पुन, नेकपा एमालेकी थमसरा पुन, नेकपा एकीकृत समाजवादीका बमबहादुर पाइजा, राप्रपाबाट होमबहादुर थापा र नेशनल मङ्गोल अर्गनाइजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गर्नुभएको छ । धवलागिरिमा कांग्रेस र नेकपा माओवादी केन्द्रले वडा तहसम्म नै तालमेल गरेको छन् ।

त्यसैगरी मालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय मालिकाले जनाएको छ । मालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

मालिकामा अध्यक्षका लागि नेपाली कांग्रेसबाट श्रीप्रसाद रोका, नेकपा एमालेबाट बेगप्रसाद गर्बुजा, नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली र नेशनल मङ्गोल अर्गनाइजेशनबाट खमबहादुर रोकाले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।