११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुराज घिमिरेलाई निराश नबन्न शेखर र पूर्णबहादुरको आग्रह



अ+ अ-

काठमाडौं । सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गरेका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई निराश नबन्न आग्रह गरिएको छ ।

नेता तथा कार्यकर्ताले तारन्तार टेलिफोन गरी नेता घिमिरेलाई राजनीतिको मैदान नछाड्न र निराश नहुन आग्रह गरेका हुन् ।

घिमिरेले मङ्गलबार बिहान फेसबुक र ट्विटरमार्फत “सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ”, भन्नुभएको थियो ।

कांग्रेस नेता डा शेखर कोइरालाले घिमिरेलाई टेलिफोन गरी राजनीतिबाट अलग हुने निर्णय गर्ने बेला नभएको भन्दै निराश नबन्न आग्रह गर्नुभएको छ । उहाँले सल्लाह गरेर मात्र निर्णय लिन सुझाव दिनुभयो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि घिमिरेलाई टेलिफोन गरी हातश र निराश नबन्न आग्रह गर्नुभएको छ । पार्टीभित्र अन्याय महसुस गरेका घिमिरेलाई अन्यायलाई उपसभापति खड्काले पार्टीभित्रैबाट न्यायमा परिणत गर्नुपर्ने सुझाव दिनुभयो ।